2021-08-29
Province 1, Morang, Biratnagar
१३ भदौ, विराटनगर ।
विराटनगरका २३ वर्षका अजय पोदारले पढाइ छाडेर एउटा पसलमा काम गर्दै थिए । तर पसलले बैंक खातामा तलब दिने भनेपछि उनले जागिर छाड्नुपर्यो ।‘तलब बैंकमा हाल्ने भएपछि जागिर छुट्यो,’ उनले भने, ‘नागरिकता बनेको छैन, नागरिकता नभएपछि बैंकले खाता खोल्दैन ।’ पछिल्लो समय आफू बेरोजगार भएको उनले बताए । अजयका बुबाआमाले जन्मका आधारमा नागरिकता लिएका हुन् । त्यसैले अजयको नागरिकता बनेको छैन । उनले भने ‘मोबाइलको सीम पनि आफ्नो नामको चलाउन पाइदैन ।’ उनले चाडो नागरिकता प्राप्त गर्ने बातावरण मिलाइदिन आग्रह गरे । विराटनगरका अर्का युवक सागर विश्वास पनि नागरिकता नभएका कारण छटपटाइरहेका छन्। आमाको नामबाट नागरिकता नबनेका कारण दुःख झेल्नुपरेको गुनासो गर्छन । जन्मसिद्धका आधारमा नागरिकताका लिएका अभिभावकका छोराछोरीहरुले नागरिकता नपाएपछि नागरिकता पीडित संघर्ष समिति गठन गरेका छन् । समितिका अध्यक्षसमेत रहेका पौद्दार विराटनगरमा जन्मसिद्धका आधारमा नागरिकता पाएका तीन हजार पाँच सय बढी अभिभावकका सन्तानले नागरिकता नपाएको बताउँछन् । उनीहरुले नागरिकता माग गर्दै प्रदर्शन गरेका छन् । संसदमा विचाराधीन रहेको नागरिकता विधेयक पारित नहुँदा आफूहरु अनागरिक रहनुपरेको भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापन पत्र पनि बुझाएका छन् । ज्ञापनपत्रमा नागरिकता विधेयक तत्काल पारित गर्न पनि माग गरिएको छ ।जिल्ला प्रशासन कार्यालय अगाडि हामीले नागरिकता कहिले पाउने ? हाम्रो बुवाआमा नेपालका नागरिक हामी चैं कहाँको नागरिक ? भन्दै प्रश्न गरेका थिए ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other governance issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD