2021-08-31
काठमाडौँ — लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै सरसफाइ अभियन्ताहरूले मंगलबार रत्नपार्कमा सांकेतिक प्रदर्शन गरेका छन् । करिब ५० जना जम्मा भएर रत्नपार्कदेखि ठमेलसम्म उनीहरूले फोहोर संकलन गरेका थिए । संकलित फोहोर पैदल नै सिसडोल पुर्याउने अभियन्ता सुशीला महर्जनले बताइन् ।
उनीहरूले सिसडोलस्थित डम्पिङ साइट अव्यवस्थित भएकाले बन्द गर्नुपर्ने र बन्चरेडाँडामा निर्माणाधीन साइट छिटो सम्पन्न गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले ‘फोहोर नगरौँ, सफा त्यसै हुन्छ’, ‘म मेरो देशमा फोहोर गर्दिनँ’, ‘यो सुन्दर मनरोम उपत्यकालाई थुपारेर अन्तर्राष्ट्रिय बेइज्जत नगरौँ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा विश्व सफाइ अभियान, राष्ट्रिय युवा परिषद् नेपाल, नेवा लहना सामाजिक आर्थिक समृद्धिलगायतका समूह सहभागी थिए ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other governance issues |
Actor 1 - Number of people | 45 |
Actor 1 - Affiliations | CSO/NGO |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | unknown |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD