Incident Reports

ट्यांकरको ठक्करले युवकको मृत्यु, ट्राफिक प्रहरीबिरुद्ध प्रदर्शन | Nagarik News - Nepal Republic Media

2021-08-31

Madhes, Parsa, Birgunj, Ward 18

वीरगन्ज वडा नम्बर १८ सिर्सियामा पर्ने सिर्सिया बहुअरी चोकमा मंगलवार भारतीय नम्बरको ग्यास बोक्ने ट्यांकर (बुलेट)बाट ठक्कर लागि एकजना ३० वर्षीय युवकको जान गएको छ। घट्नामा पर्साको बहदुरमाई नगरपालिकाको पिपरा टोल घर भएका लालबाबु साहको मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्जबाट पश्चिम आफ्नो गाउँतिर साइकलमा गइरहेका साहलाई आइसिपी भन्सार नाकाबाट निस्किएको एनएल ०१ एबि ४३७५ नम्बरको ग्यास बोक्ने ट्यांकरले दिउँसो करिब सावा १२ बजेतिर ठक्कर दिएको थियो। आइसिपी भन्सार नाका, सुक्खा बन्दरगाह भन्सार नाका र वीरगन्जबाट ग्रामिण भेगलाईजोड्ने सडकमा चल्ने गाडिहरुको भिड सो चौकमा हुने गरेको छ। ट्राफिक ब्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीको गल्तीले दुर्घटना भएको भन्दै स्थानीय तथा सर्वसधारणले एक घण्टा चक्का जाम गरेका थिए। त्यहाँ खटिएको प्रहरी युनिट दुईटै भन्सारहरुबाट निस्केका गाडिहरुबाट पैसा असुलीमा ब्यस्त मात्र ब्यस्त रह्ने गरेको प्रदर्शनमा सामेल रहेकाहरुले आरोप लगाए। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक सुमन कार्कीले आरोप सही नभएको बताए। ‘घट्नापछि केही समय बाटो अवरुद्ध भएको थियो, पछि बाटो खोलाइयो। ट्राफिक प्रहरी निरिक्षक कार्कीले भने, ‘चोक भन्दा माथि (पूर्व) रहेको कलर्भट माथी घट्ना भएको हो, गाडि र चालक दुबैलाई नियन्त्रणमा लिसकिएको छ।’ ठक्कर दिने गाडि र चालक भारतको मुजफरपुर घर भएका २६ वर्षिय ललन कुमार रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments