Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-08-30

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जलजला गाउँपाालिका–८ का २० वर्षीय नारायण गिरीलाई भदौ १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ १४ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले भदौ १५ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर राजेन्द्र अधिकारीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो । प्रहरीले आरोपितविरुद्ध भदौ १६ गते जिल्ला सरकारी वकिल कार्यालय मार्फत जबरजस्ती करणी मुद्दामा म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।  पीडितको स्वास्थ्य परीक्षण भदौ १६ गते जिल्ला अस्पताल पर्वतमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments