Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता – इन्सेक

2021-08-31

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सरकारी वकिल कार्यालयमार्फत नौगाड गाउँपालिका–४ का २५ वर्षीय महेशसिंह ठगुन्नाविरुद्व यौन दुर्व्यवहार उद्योगमा भदौ १८ गते जिल्ला अदालत, दार्चुलामा मुद्दा दर्ता गरेको छ ।भदौ १५ गते गौरापर्वको दिन यौन दुर्व्यवहार गरिएको भएपनि तीन दिनपछि मात्रै पीडित बालिकाले घटनाका बारेमा जानकारी दिएपछि आरोपितविरुद्ध भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

गौरापर्व हेर्न गएको बेला यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई भदौ १७ गते नै गिरफ्तार गरी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नरेन्द्रबहादुर चन्दले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।जिल्ला अदालतमा मुद्दा गर्दा गरेर आरोपितलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान पनि भइरहेको इन्स्पेक्टर चन्दले बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण भदौ १७ गते जिल्ला अस्पताल, दार्चुलामा गरिएको डाक्टर आदर्श लिम्बुले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments