Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-07-17

Bagmati, Rasuwa, Gosaikunda

१४ र १५ वर्षीया दुई बालिकालाई बलात्कार गरेको घटनाका फरार आरोपित कालिका गाउँपालिका–३ धारापानीका २० वर्षीय नवराज न्यौपानेलाई प्रहरीले ०७८ भदौ १६ गते घरबाट गिरफ्तार गरेको छ ।सोही घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका २४ वर्षीय सन्तोष लामिछानेलाई प्रहरीले ०७८ साउन ५ गते घरैबाट गिरफ्तार गरेको थियो ।

पीडित बालिकाहरू साउन १ गतेदेखि हराएको भन्दै पीडितका आफन्तले साउन २ गते इलाका प्रहरी कार्यालय कालिकामा खोजबिनका लागि खबर गरेका थिए ।काममा लगाइदिने भन्दै पीडित बालिकाहरूलाई केरुङतर्फ लैजाने क्रममा गोसाईगुण्ड गाउँपालिका–६ बाट प्रहरीले उद्धार गर्नुका साथै घटनाका आरोपित लामिछानेलाई गिरफ्तार गरेको थियो ।

पीडित बालिका दुवै जनालाई काममा लागई दिने भन्दै फकाएर लामिछानेको घरमा बन्धक बनाई बलात्कार गरेको भन्दै आरोपितहरूविरुद्ध पीडितका आफन्तले भदौ ५ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण तथा उपचार भदौ ५ गते रसुवा जिल्ला अस्पतालमा गरियो ।

दुवै जना बालिकालाई ललाई फकाई सन्तोष लामिछानेको बन्धक बनाएर बलात्कार गरेको आरोपमा लामिछाने र न्यौपालेलाई गिरफ्तार गरी आवश्यक अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी देवेन्द्र पाण्डेले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
INSEC

0 Comments