Incident Reports

थाहा खबर: एकान्तकुनास्थित यातायात व्‍यवस्था कार्यालयअगाडि प्रदर्शन (फोटो फिचर)

2021-09-06

Bagmati, Lalitpur, Lalitpur

काठमाडौं : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयअगाडि यातायातसम्बन्धी विभिन्न मागसहित नाराबाजी र प्रदर्शन भएको छ। इम्बोस्ट नम्बर प्लेट खारेजीको माग गर्दै नेपाल कमर्शियल आर्टिष्ट संघले आन्दोलन गरेको हो। आर्टिष्टहरुको रोजगारी गुम्ने र इम्बोस्ट नम्बर प्लेट प्रयोग गर्दा नेपालको डाटा विदेश जाने भएकाले आफूहरू विरोधमा उत्रिएको संघले जनाएको छ।

आन्दोलनमा सार्वजनिक बस, माइक्रोबस, टेम्पो, ट्याक्सी, हल्का सवारी र पर्यटन यातायात व्यदवसायीहरूको उपस्थिति थियो। उनीहरूले सडक ऐन लागू गर्नुपर्ने, २० वर्षे सवारी साधनको म्याद थप गर्नुपर्ने, वैज्ञानिक भाडादर लागू हुनुपर्ने, व्यावसायीमुखी बिमा नीति लागू गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीले भाडामा यात्रु बोक्न नपाइने नियम लागू गर्नुपर्ने लगायतका मागहरू राखेका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
National/Online Media

0 Comments