Incident Reports

रासन वितरणमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन अगाडी धर्ना | Janakpur Today

2021-09-06

Madhes, Sarlahi, Malangawa, Ward 7

सर्लाहीको मलंगवा नगरपालिका वडा न-७, मुसैलीका स्थानीय दलित समुदायका महिलाहरु आफ्नो वडामा रासन तथा अन्य सरकारी सेवा सुविधाहरुको वितरणमा अनियमिता भएको भन्दै आज (सोमबार) देखि जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा बसेका छन् । नगरपालिकाले स्थानीय तहको चुनाव सम्पन्न भए देखि हालसम्म ४ वर्षको अवधीमा दलित परिवारको लागि आएको रासन लगायत अन्य कुनैपनि सुविधाको बारेमा आफुहरुलाई जानकारी नगराइ लक्षित समुदायको लागि आएका सरकारी सेवा सुविधाहरु चुनाव जितेर गएका जनप्रतिनिधिका आफन्त, कार्यकर्ता तथा बोल्न सक्ने धनी व्यक्तिहरुलाई मात्र वितरण गरेर अनियमितता गरेको धर्नामा बसेका स्थानीय दलित समुदायका महिलाहरुले आरोप लगाएका छन् ।

सरकारले आफुहरुको लागि पठाएको सेवा सुविधाहरु लिन र सो को बारेमा जानकारी लिन पटकपटक वडा कार्यालय र नगरपालिका धाइसकेको तर पनि उनीहरूले आफुहरुको मागप्रति वेवास्ता गर्दै उल्टै झपारेर पठाउने गरेकाले बाध्य भएर प्रमुख जिल्ला अधिकारीलाई आफ्नो पीडा सुनाउन जिल्ला प्रशासन अगाडी धर्ना दिनुपरेको धर्नाका नेतृत्वकर्ता एवं स्थानीय अगुवा नेता मलंगवा वडा न(७ मुसैलीका मोहम्मद इसा मिकरानीले बताए । नगरपालिकाले गरिब र दलितहरुको लागि भनेर आएका रासन, घर बनाउनक लागि जस्तापाता, खानेपानीको लागि हैण्ड पाइप, दैवीप्रकोपको अवस्थामा प्रदान गरिने क्षतिपूर्ति वापतको रकम लगायत अन्य विभिन्न सुविधा तथा अनुदानहरुबाट आफुहरुलाई बन्चित गराएर यहाँका निर्वाचित जनप्रतिनिधिहरु आफ्ना आफन्त र आसेपासेहरुलाई प्रदान गर्ने गरेको धर्नामा बसेका पिडित महिलाहरुको आरोप छ । धर्नामा बस्नु अगाडी आज बिहान सिडियो साहबलाई यस विषयमा जानकारी गराउन फोन गर्दा उहाँले फोन नउठाएको धर्नाका नेतृत्वकर्ता मिकरानीले बताए ।जबसम्म सिडियो साहब धर्ना स्थलमा आफै आएर आफुहरुको माग पूरा गराउने प्रतिवद्धता गर्नुहुन्न तबसम्म आफुहरु यसैगरी दिनरात अनिश्चितकाल सम्म धर्नामा बसिरहने मिकरानीले चेतावनी दिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Dalit
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments