Incident Reports

सडक बिगारेको भन्दै पिपुल्स हाइड्रो पावरको मेसिनमा स्थानीयद्वारा अवरोध « News24 : Premium News Channel

2021-09-06

Province 1, Ilam, Illam, Ward 1

इलाम ।  इलामको पुवाखोलामा निर्माणधिन हाइड्रो पावर पुवाखोला २ को काममा स्थानीयले अवरोध गरेका छन् । इलाम नगरपालिका १ मा निर्माण भईरहेको सो हाइड्रो पावरले प्रयोग गरेको सडक बिग्रिएर सवारी साधन कुदाउन नसक्ने अवस्थामा पुगेपछि स्थानीयले हाइड्रो पावरले प्रयोग गर्दै गरेको स्काभेटर रोकेर अवरोध गरेका हुन् ।

हाइड्रो पावरलाई पटक पटक सडक मर्मत गर्न लगाउँदा पनि सडक मर्मत नगरेकोले सो कदम उठाउन बाध्य भएको स्थानीय प्रेम खनाल बताउँछन् ।

सो हाइड्रो पावरले काम शुर गरेदेखि नै विभिन्न विवाद आएको छ । स्थानीयले आफ्नो जग्गाको मुअाब्जा पाउनको लागि पनि लामो समयसम्म आन्दोलन गरेर हाइड्रो पावरको काममा अवरोध गरेका थिए । अहिले स्थानीयको खानेपानी, धान खेती हुने खेतमा जाने कुलोसमेत हाइड्रो पावरले गरेको कामका कारण अवरोध भएको स्थानीहरु बताउँछन् ।

वडा कार्यालयको समन्वयमा पटकपटक हाइड्रो पावरसँग वास्ता पनि बाटो मर्मत नगर्ने र स्थानीयहरुलाई उल्टै धम्काउन थालेपछि बाध्य भएर आफुहरुले हाइड्रो पावरको स्काभेटर रोकेको स्थानीय कुवेर लुईटेल बताउँछन् ।

इलाम नगरपालिकाको वडा नं. १ साँखेजुङमा निर्माणाधीन पुवाखोला २ हाइड्रो पावर पिपुल्स पावर कम्पनीले निर्माण गरिरहेको छ । यसबाट ४.९६ मेगावड विद्युत उत्पादन हेर्नेछ । हाइड्रो पावरको लगभग निर्माण अन्तिम चरणमा पुगेको छ ।

स्थानीहरु सँगको विवाद बारेमा कुरा गर्न पिपुल्स पावर कम्पनीका निर्देशक श्री कृष्ण आर्यलसँग बारम्बार फोन सम्पर्क गर्दा उनको फोन रिसिभ भएको छैन ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments