Incident Reports

मर्निङवाकमा निस्केकी किशोरी बलात्कृत

2021-09-08

Karnali, Surkhet, Birendranagar

मर्निङवाकमा निस्केकी एक किशोरी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बलात्कृत भएकी छन्। बुधबार विहान पाँच बजेतिर छिमेकी साथीसँगै मर्निङवाकमा निस्केकी १६ वर्षीया किशोरी बलात्कृत भएकी हुन्।

प्रहरीका अनुसार वीरेन्द्रनगरको पश्चिमतर्फको कालोपत्रे सडकमा हिँडिरहेका दुई किशोरीलाई लक्षित गर्दै अघाडिबाट एक युवकले ढुंगा प्रहार गरेका थिए। युवकको आक्रमणबाट बच्न दुई किशोरीमध्ये एउटा सडक हुँदै भागेर घर पुगिन् भने बलात्कृत भएकी किशोरी पूर्वतर्फको धान खेततर्फ भागिन्।

खेतको हिलोका कारण किशोरी भाग्न सकिनन्। किशोरीमाथि खेतमै बलात्कार भयो। प्रहरीका अनुसार भागेर घर पुगेकी साथीले घर परिवारलाई खबर गरेकी थिइन्। ‘अभिभावकहरु त्यहाँ पुग्दा अभियुक्त भागिसकेको रहेछ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘अभिभावकले खबर गरेपछि प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो।’ घटनास्थल सडकदेखि नजिकै पर्छ।

किशोरीको शरिरका विभिन्न भागमा चोट लागेको छ। बलात्कारको प्रतिकार गर्दा किशोरीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। ‘धान खेतको हिलोका कारण किशोरी भाग्न पाइनन्, आफूमाथि बलात्कार हुँदा किशोरीले धेरै प्रतिकार गरेको देखिन्छ,’ प्रहरी निरीक्षक शाहीले भने, ‘हाम्रो मुख्य ध्यान बलात्कारमा संलग्नलाई पक्राउ गर्नेतर्फ केन्द्रीत छ।’

प्रहरीसँग किशोरीले बलात्कार गर्ने युवकलाई यसअघि एकपटक देखेको बताएकी छन्। ‘अभियुक्तको पहिचान खुलिसकेकाले संभावित स्थानमा खोजी अघि बढाएका छौं,’ उनले भने, ‘अभियुक्त पक्राउ परेपछि धेरै कुरा खुल्छ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments