Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-09-11

सुस्त मनस्थिती भएकी ३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध भदौ २६ गते इलाका प्रहरी कार्यालय हुवासमा उजुरी दिएका थिए । पीडितको मानसिक अवस्था कमजोर भएको कारण घटना बारे कसैले थाहा नपाएको तरपछि स्वास्थ्यमा समस्या देखिएपछि उपचारकोलागि अस्पतालमा जादा घटना पुष्टि भएको पीडित पक्षले दिएको उजुरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर राजेन्द्र अधिकारीले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो । पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण भदौ २७ गते जिल्ला अस्पताल पर्वतमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments