Incident Reports

इन्टर्नसीपको माग गर्दै चीनबाट एमबिबिएस गरेका विद्यार्थीको माइतीघरमा प्रदर्शन – देशसञ्चार

2021-09-14

काठमाडौँ – चीनबाट एमबिबिएस गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने मागसहित प्रदर्शन गरेका छन् ।चीनमा एमबिबिएस अध्ययन गरि आएका युवाहरुले मंगलबार माइतीघर मण्डलामा तत्काल इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । आफूहरुले एमबिबिएस गरेको १८ महिना बितिसक्दा पनि इन्टर्नसीप गर्न नपाएको उनीहरुले बताएका छन् । आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले आफूहरुलाई झुलाएको उनीहरुको आरोप छ । नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियमको बुँदा नम्बर ३ मा विदेशमा अध्ययन गरेर नेपालमा नै इन्टर्नसीप गर्नुपर्ने कुनै विशेष वा बाध्यात्मक परिस्थिति भएमा सो परिस्थितिको जानकारी दिँदै विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसीप गर्न पाउने र यसप्रकारको इन्टर्नसीप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्ने व्यवस्था छ ।तर सो व्यवस्था स्पष्ट नगरिँदा आफूहरुलाई समस्या भएको विद्यार्थीको भनाई छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments