Incident Reports

स्थानीयको विरोधपछि विराटनगरमा आकाशे पुल निर्माण अन्योलमा – देशसञ्चार

2021-09-14

Province 1, Morang, Biratnagar

मोरङ– विराटनगरमा निर्माण हुने भनिएको आकाशे पुल निर्माणपूर्व नै स्थानीयको विरोधमा परेको छ।महानगरले नगरको सुन्दरतासँगै सर्वसाधारणको सुरक्षा र सहजताका लागि निर्माण गर्न लागेको आकाशे पुल गत वर्ष चैत्रमा शिलान्यास गरेको थियो। तर त्यसयता पुल निर्माणको कार्य सुरु हुनसकेको थिएन।महानगरको प्राविधिक टोलीले सर्भे गर्दै मुख्यतः कन्चनबारी चौक, बरगाछी चौक र बसपार्कमा पुल निर्माण गर्ने तय गरेको थियो। तर स्थानीय तथा केही जनप्रतिनिधिको अवरोधसँगै पुल निर्माणको कार्य रोकिएको छ।

महानगरपालिकाका मेयर पराजुलीका अनुसार नगरको सुन्दरता र जनताको सुरक्षासँग जोडिएको पुल निर्माण कार्य रोकिनु आश्चर्य भएको बताए। प्राविधिक टोलीले उपयुक्त स्थान ठहर्‍याएर पुल निर्माण कार्य सुरु हुन लागेको अवस्थामा अवरोध आउनु विडम्बना भएको मेयर पराजुलीले बताए।हाल स्थानीय र सरोकारवालासँग विवादित विषयमा संवाद जारी रहेको बताउँदै मेयर पराजुलीले निमार्ण हुने संरचनाका लागि असहयोग नगर्न आग्रह गरे। उनले स्थानीय र सरोकारवालासँगको संवाद सकारात्मक हुँदै र निर्माण कार्य सकारात्मक हुने अपेक्षा गरे।

अर्कोतर्फ, बरगाछी र बसपार्कमा पुल निर्माणको जिम्मेवारी लिएको कला विल्डर्सका सञ्चालक सञ्जय यादवले अवरोध र काममा रुकावट नआए निर्धारित मितिसम्ममा पुल निर्माण हुने जानकारी दिए। कोभिड र निषेधाज्ञाको कारण शिलान्यास भएको करिब ५ महिनापछि पुलको जग बसाउने कार्य सुरु भएको उनले बताए।सो क्रममा स्थानीय र जग्गा नजिकका सर्वसाधारणले पुल निर्माणको कार्यमा अवरोध पुर्‍याउँदा समस्या भएको बताए। बसपार्कमा निमार्ण हुने भनिएको पुलका लागि क्षेत्रफल अपुग हुने हुँदा सो पुल निर्माण स्थान केही पर सारिएको उनले बताए।

यादवले पुलका लागि आवश्यक समाग्री तयार अवस्थामा रहेको र जनशक्ति कोलकाताबाट आएर जडान गर्ने कार्य मात्र बाँकी रहेको बताए। यादवले बरगाछी र बसपार्कमा पुल निर्माणका लागि भ्याटसहित १ करोड ७९ लाख ८४ हजार रुपैयाँमा सम्झौता भएको बताए।महानगरपालिकाले घाँस चौकमा प्रदेश सरकार, महानगरपालिका, उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले घाँस चौक संयुक्त रुपमा पुल निर्माण गरिने भएपछि महानगरपालिकाले बसपार्कतर्फ स्थान परिवर्तन गरेको थियो। अहिलेको पुल निर्माण स्थान कलेज, विद्यालय तथा बसपार्कको केन्द्रमा रहेको हुँदा स्थान उपयुक्त भएको महानगरले दाबी गर्दै आएको छ।

यससँगै कांग्रेसका मोरङ प्रदेशसभा सदस्यसमेतले पुल निर्माणस्थल परिवर्तन गर्नका लागि लिखित पत्र दिएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार तीनवटा आकाशे पुल निर्माणका लागि २ करोड ४७ लाख रुपैयामा दुई फरक निर्माण कम्पनीसँग सम्झौता भएको छ।महानगरपालिकाले पुल निर्माणका लागि २०७६ साल फागुनमा टेण्डर आह्वान गरेको थियो। टेण्डर आह्वापछि २०७७ साल फागुनमा निर्माण व्यवसायीसँग २०७८ मंसिरभित्र पुल निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता भएको थियो।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Access/control of public land
Secondary Cause Issues related to tenders and the awarding of public contracts
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments