Incident Reports

काठमाडौंमै बोक्सी आरोपमा महिलामाथि कुटपिट – Online Khabar

2021-09-06

२९ भदौ, काठमाडौं । पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा काठमाडौंमै कुटपिट भएको छ । कुटपिटमा संलग्न धामीसहित ४ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख अशोक सिंहले अनलाइनखबरलाई बताए । उनका अनुसार पक्राउ परेकामा पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् । प्रहरीका अनुसार ट्याक्सी चालक रहेका पीडितको श्रीमान्ले उपचारका लागि भन्दै थिङ कहाँ लगेका थिए । थिङले महिलालाई बोक्सी चढेको बताएपछि श्रीमानसहित महर्जन र पाण्डेले पनि कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख छ । प्रहरीकहाँ जाहेरी दिन आउँदा महिलाको शरीरमा निलडाम रहेको सिंह बताउँछन् । ‘घाउ जाँच गराएर प्रतिवेदन तयार गरेपछि उहाँ अहिले घरमै हुनुहुन्छ,’ उनले भने ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
Youth Injured n/a
National/Online Media

0 Comments