Incident Reports

अनियमितता भएको भन्दै जनप्रतिनिधिबाटै तालाबन्दी | Ratopati

2021-09-15

Madhes, Dhanusha, Dhanauji, Ward 3

धनुषाको एक स्थानीय तहमा अनियमितता भएको भन्दै जनप्रतिनिधिले नै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । बुधबार धनुषाको धनौजी गाउँपालिकाको वडा नम्बर ३, झोझी कटैयामा वडा अध्यक्ष रामदुलार मण्डलले व्यापक हिनामिना गरेको भन्दै सोही वडाका सदस्य तथा स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा नम्बर ३ का ४ जना वडा सदस्यले स्थानीयवासीको सहयोगमा वडा कार्यालयमा तालाबन्दीसहित प्रदर्शन गरेका हुन् । वडा सदस्यहरु रामकुमार महतो, रामखेलावन पासवान, समाना खातुन र जीतोदेवी मण्डल सहित वडावासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले अनियमितताको छानबिनका लागि मागसमेत गरेका छन् । गरिब तथा विपन्न परिवारका लागि कम्बल वितरण गर्न वडालाई धनौजी गाउँपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरे पनि हालसम्म कम्बल वितरण नगरेको नेपाली काँग्रेसका वडा सभापति राम नारायण यादवको आरोप छ । झोझी टोल सडक निर्माणमा ४४ लाख रुपैयाँमध्ये १० लाख रुपैयाँको काम भएको जनता समाजवादी पार्टी धनौजी गाउँपालिकाका वडा अध्यक्ष शिवशंकर साहको दावी छ । आँखा उपचार केन्द्रका लागि औषधि, मेसिन बापत १४ लाख रुपैयाँ बजेट लिएको भए पनि औषधि तथा मेसिन खरिद नगरेको स्थानीयवासी तथा वडा सदस्य जितोदेवी मण्डलको भनाइ छ । यस्तै आयुर्वेद औषधालयको १८ लाख रुपैयाँको चेकको निकासा भए पनि औषधि खरिद नगरेको स्थानीयवासी बताउँछन् । दुर्गा मन्दिरको निर्माणका लागि ५ लाख रुपैयाँ लिए पनि झोझी कटैयामा दुर्गामन्दिर नै नभएको वडा सदस्य रामकुमार महतोको भनाइ छ । ५० बोरा जैविक मल वितरण नगरेको, कृषि प्रयोजनका लागि २७ वटा ट्यांकी वितरण नगरेको, ३ ईन्चको ३ थान स्यालो ट्युवेल वितरण नगरेको, जिंक ८ सय किलो किसानलाई वितरण नगरेको वडा सदस्य महतोले बताए । यी योजनामा थुप्रै अनियमितता भएको उनको भनाइ छ । वडाध्यक्ष राम दुलार मण्डलले सबै योजना तथा कार्यक्रमहरु गत आर्थिक वर्षमा नै गर्नका लागि रकम निकासा गराए पनि अहिलेसम्म कार्यान्वयनमा आनाकानी गरेकाले अनियमितताको आशंकामा वडा कार्यालयमा तालाबन्दी गर्नु परेको वडा सदस्यहरुको भनाइ छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments