Incident Reports

कल्याणपुर नगरपालिकामा चौथो पटक तालाबन्दी

2021-09-17

Madhes, Siraha, Kalyanpur

लहान, असोज १ : हरहिसाबको माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा चौथो पटक तालाबन्दी गरेका छन्। नगरपालिकाबाट भएको कामकाज र त्यसमा भएको खर्चको हरहिसाब पटकपटक माग गर्दै आए पनि सुनुवाइ नभएपछि पुनःतालाबन्दी गरेको स्थानीयवासीले बताएका छन्। कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादवलाई पटकपटक हिसाबकिताब सार्वजनिक गर्न माग गर्दै आए पनि आलटाल गरेकाले पुनःतालाबन्दी गरेको स्थानीयवासी प्रदीप साहले जानकारी दिए। जिल्लाका अधिकांश स्थानीय तहले नगरसभाबाट हरहिसाब सर्वजानिक गरिसके पनि कल्याणपुरले अझै नगरसभा गर्न नसकेको र हरहिसाबसमेत सार्वजनिक नगरेकाले विरोधस्वरुप तालाबन्दी गरिएको उनले बताए। यसअघि पनि पटकपटक स्थानीयले हरहिसाब सार्वजनिक गर्नुपर्नेलगायतका मागसहित तालाबन्दी गरेका थिए। नगरप्रमुख सूर्यनाथ मण्डल निलम्वनमा परेपछि उपप्रमुख यादवले कार्यवाहक नगरप्रमुखका रुपमा कार्य सम्हाल्दै आएका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments