Incident Reports

महन्थ ठाकुर नेतृत्वको लोसपाले गर्‍यो चीनविरुद्ध प्रदर्शन | Ratopati

2021-09-17

 महन्थ ठाकुर नेतृत्वको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट युवा संघ र विद्यार्थी संगठनले शुक्रबार चीनविरुद्ध प्रदर्शन गरेको छ । चीनले नेपालको ११ ठाउँमा चीनले भूमि अतिक्रमण गरेको दावी गर्दै सो प्रदर्शन गरेको छ । नेपालको ७ जिल्लाको ११ ठाँउमा र करिब ४०० वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न र अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गराउन माग गर्दै सो विरोध प्रदर्शन गरिएको युवा नेता मुकेश झाले बताए । सरकारले बनाएको समितिले बुझाएको प्रतिवेदन सार्वजनिकको माग पनि लोसपाले राखेको छ । युवा अध्यक्ष मुकेश झाको नेतृत्व र विद्यार्थी नेता रन्जित झा, युवा अध्यक्ष रञ्जित सिंह, नेता प्रमोद झा, प्रमेश साह, ज्ञानेन्द्र झा लगायतको उपस्थिति थियो ।         

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth unknown
National/Online Media

0 Comments