Incident Reports

जथाभावी कर्मचारी भर्ना गरेको भन्दै विद्युत प्राधिकरण सुदूरपश्चिम कार्यालयमा तालाबन्दी

2021-09-19

Sudurpashchim, Kailali, Dhangadhi

४ असोज, धनगढी । सेवा करारमा जथाभावी कर्मचारी भर्ना गरिएको भन्दै नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा तालाबन्दी गरिएको छ । सेवा करारमा कार्यरत कर्मचारी र युवा संघ कैलालीले संयुक्त रुपमा सोमबार दिउँसो कार्यालयमा तालाबन्दी गरेका हुन् ।

प्रादेशिक कार्यालयसहित प्राधिकरण मातहतका निकायमा सेवा करारमा कार्यरत यसअघिका कर्मचारीलाई जानकारी समेत नदिएर आर्थिक असुली गर्दै मनलाग्दी किसिमले भर्ना गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

धनगढी वितरण केन्द्रमा सेवा करारमा प्राविधिक हेल्परका रुपमा कार्यरत समिर खड्काले पुराना कर्मचारीलाई जानकारी समेत नदिएर विद्युत प्राधिकरण र निर्माण व्यवसायीले जथाभावी रुपमा कर्मचारी भर्ना गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।

‘काम सिकिसकेका पुराना कर्मचारीलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो माग हो तर प्राधिकरण र ठेकेदारले रकम असुली गर्दै निकटका व्यक्तिलाई भर्ना गरेर अनियमितता गरेका छन्,’ खड्काले भने, ‘फारम भर्ने सूचना समेत नदिएर हामीमाथि अन्याय गरिएको छ । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ करार सेवाका लागि आह्वान गरिएको आवेदन फारम भर्दा समेत विभेद गरिएको उनीहरुको गुनासो छ ।

अनियमित तरिकाले फारमको शुल्क लिने काम समेत भएको भन्दै उनीहरुले समानता कायम गर्न माग गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले भने सेवा करारका कर्मचारी सम्झौता बमोजिम ठेक्का लिएका सम्बन्धित निर्माण व्यवसायीले भर्ना गर्ने भएकाले कार्यालयसँग खासै सरोकार नहुने जनाएको छ । प्रादेशिक कार्यालयका निमित्त प्रमुख मेघमणि गौतमले यसअघि दुई वर्षका लागि गरिएको ठेक्काको अवधि सकिएपछि डिलस मल्टी सेक्युरेटीसँग सम्झौता गरिएको बताउँदै कर्मचारी भर्ना पनि उसैले गरेको दाबी गरे ।

अहिलेको विषयमा पनि डिलस मल्टी सेक्युरिटीसँग सोधेको उनले बताए । ‘मौखिक रुपमा नभए लिखित रुपमै सोध्छु,’ उनले भने । डिलस मल्टी सेक्युरिटीले प्रादेशिक कार्यालयसहित प्राधिकरणका अन्य कार्यालयका लागि झण्डै एक सय जना कर्मचारी करार सेवामा भर्ना गरेको बताइएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people N
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments