Incident Reports

तत्काल बुढीगण्डकी आयोजना सुरु गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन - No. 1 news Portal of Mid Nepal…

2021-09-20

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौँ : बुढीगण्डकी जलविद्युत् आयोजना तत्काल निर्माण अघि बढाउन माग गर्दै डुबान क्षेत्रका बासिन्दाले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् । बुढीगण्डकी आयोजना नबन्दा आफूहरु सुकुम्बासी हुने खतरा रहेको भन्दै डुबान क्षेत्रका बासिन्दाले आयोजना निर्माण तत्काल अघि बढाउन माग गरेका छन् । कोरोना महामारीको नाममा दुई वर्षदेखि आयोजनामा कुनै पनि काम नभएको, आफूहरुको घर, गोठ, बोटबिरुवाको मुआब्जा पनि नदिएको पुनःवास, पुनःस्थापनाका कामहरु नगरिएको भन्दै आयोजना प्रभावितहरुले काठमाडौँमा विरोध प्रदर्शन सुरु गरेका हुन् । स्थानीय बासिन्दाले आयोजनाको नाममा राजनीति मात्र भएको भन्दै स्थानीयको जायज माग पूरा गरेर निर्माण सुरु गर्न आग्रह गरेका छन् । माइतीघरमा गरिएको प्रदर्शनमा बुढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा बसोबास गर्ने गोरखा र धादिङ जिल्लाका सर्वसाधारण सहभागी भएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments