Incident Reports

मोरङकी रोजिना गिरीको शंकास्पद मृत्युबारे छानबिनको माग गर्दै प्रदर्शन – Online Khabar

2021-09-21

Province 1, Morang, Sundarharaicha, Ward 12

५ असोज, विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-११ की रोजिना गिरी काफ्लेको मृत्युका विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा प्रदर्शन गरेका छन् ।

२२ वर्षीय रोजिना आइतबार आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको अनुहार र शरीरमा निलडाम भएका कारण उनको मृत्यु शंकास्पद भएको रोजिनाका माइती पक्षले न्यायको माग गर्दै मंगलबार प्रदर्शन गरेका हुन् ।

अनुहार र शरीरका विभिन्न भागमा निलडाम र चोट भेटिकाले हत्या गरेको हुनसक्ने रोजिनाका हजुरबुवा देवीप्रसाद गिरीले बताए । प्रहरीले भने रोजिनाले आत्महत्या गरेको हुनसक्ने बताएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालको टोलीले अनुसन्धान गरिरहेको छ । अस्वाभाविक मृत्युमा प्रहरीले प्रभावकारी अनुसन्धानका लागि चासो नदिएको आफन्तको गुनासो छ ।

शुरुमा कोठाभित्रबाट चुकुल लगाएर आत्महत्या गरेको अवस्थामा शव भेटिएको भन्दै आइतबार बिहान ७ बजेतिर खबर गरिएको थियो । तर आफूहरु पुग्दा कोठा खुल्लै देखिएको र शरीरमा निलडाम देखिएको गिरीले बताए ।

मोरङको उर्लाबारी नगरपालिका–८ माइती भएकी रोजिनाको एक वर्षअघि सलकपुरका विनोदप्रसाद काफ्लेसँग प्रेम विवाह भएको थियो । विवाहपछि विनोद वैदेशिक रोजगारीका लागि यूएई गएका थिए । पत्नीको शंकास्पद मृत्युको खबर पाएपछि उनी मंगलबार आइपुगेका छन् ।

घटनामा संलग्न भएको भन्दै रोजिनाकी सासू ५३ वर्षीया दानमाया काफ्ले, जेठाजु ३४ वर्षीय पुष्पराज काफ्ले र जेठानी ३२ वर्षीया लक्ष्मी काफ्लेविरुद्ध माइती पक्षले किटानी जाहेरी दिन खोजेका छन् । तर प्रहरीले जाहेरी नै दर्ता गर्न नमानेको आफन्तको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आइसकेपछि घटनाका बारेमा धेरै कुरा प्रष्ट हुने बताए । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments