Incident Reports

धितोपत्र बोर्ड अगाडि शेयर लगानीकर्ताको धर्ना – Online Khabar

2021-09-21

Bagmati, Kathmandu, Kathmandu

५ असोज, काठमाडौं । पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अगाडि शेयर बजारका लगानीकर्ताहरुले धर्ना दिएका छन् । लगानीकर्ताहरुले १८ बुँदे माग राख्दै बोर्ड कार्यालय अगाडि पुगेर मंगलबार धर्नामा बसेका हुन् ।

उनीहरुले विभिन्न १८ बुँदे मागहरु अघि सारेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो अख्तियार दुरुपयोग गरी बजार घटाउन लागिरहेको उनीहरुको गम्भीर आरोप छ । १८ बुँदाको पहिलो नम्बरमा नै उनीहरुले सुनियोजित रुपमा बजार घटाउन लागिपरेको, नीतिगत भ्रष्टाचारमा लिप्त भएको भन्दै गभर्नर अधिकारीको विषयमा छानविन गरी कारबाही हुनुपर्ने माग राखेका छन् ।

राष्ट्र बैंककै कारण अहिले बजारमा लगानीयोग्य रकम अभाव भएको र यसले ब्याजदर बढाएको उनीहरुको तर्क छ । ब्याजदर बढेका कारण शेयर बजारमा यसको गम्भीर असर परेको आन्दोलनका अगुवा दीपेन्द्र अग्रवाल बताउँछन् ।

लगानीकर्ताहरु २ वर्ष अघि बजार सुधार र विस्तारको लागि भन्दै आमरण अनसन नै बसेका थिए । त्यसपछि सरकारले एउटा अध्ययन समिति बनाएको थियो । सो समितिले दिएको ५८ बुँदे सुझाव कार्यान्वयनका लागि पनि उनीहरुको माग राखेका छन् । उनीहरुले केही नीतिगत सुधारहरु तत्कालै गर्नु पर्ने माग अघि सारेका छन् ।

लघुवित्त कम्पनीहरुले २० प्रतिशतभन्दा माथिको बोनस शेयर वितरण गर्दा ५० प्रतिशतभन्दा माथिको रिजर्व राख्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने, १ प्रतिशतबाट १.३ प्रतिशत हुनेगरि बढाइएको असल कर्जा सम्बन्धी व्यवस्थालाई तत्काल संशोधन गरि १ प्रतिशत नै कायम गर्नुपर्ने, बैंक तथा वित्तिय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको विद्यमान समयावधीलाई संशोधन गरी १२० दिनको औसत मूल्य कायम गर्नुपर्न र अरु क्षेत्रमा प्रवाह हुने कर्जा जस्तै सेयर कर्जालाई पनि टोटल लेन्डिङ फण्डमा समावेश गर्नुपर्ने लगानीकर्ताहरुको माग छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments