Incident Reports

स्यानिटरी प्याडमा कर बढाएको भन्दै शनिबार पनि काठमाडौंमा बिरोध प्रदर्शन « News24 : Premium News Channel

2021-09-25

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौं । महिलाले महिनावारीमा प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको भन्दै शनिबार पनि काठमाडौंमा बिरोध भएको छ । ‘स्यानिटरी प्याड निःशुल्क गर् सरकार’ भन्दै आम युवा अभियानले बिरोध प्रदर्शन गरेका हुन् । जनतालाई निःशुल्क रुपमा वितरण गर्नुपर्ने वस्तुमा कर लगाइएको उनीहरुको आरोप छ । प्रदर्शनका क्रममा उनीहरुले निःशुल्क रुपमा स्यानिटरी प्याड वितरण समेत गरेका थिए । यता सरकारले भने सेनेटरी प्याडमा कर बढाएको भ्रमपूर्ण हल्ला भएको बताइसकेको छ । वर्तमान सरकारले सेनेटरी प्याडको आयातमा भन्सार महसुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्रालयले आ.व. २०६९÷७० अघिदेखि लाग्दै आएको भन्सार महसुल नवढाइएको जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments