Incident Reports

ताप्लेजुङमा किशोरीको शंकास्पद शव, हत्याको आशंका – Online Khabar

2021-09-24

Province 1, Taplejung, Phungling, Ward 7

९ असोज, विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ मा किशोरीको शव भेटिएको घटनाको अनुसन्धानमा प्रहरीले चासो नदिएको आफन्तले गुनासो गरेका छन् ।बिहीबार बिहान फक्तालुङ गाउँपालिका–३ घर भई फुङलिङ बस्दै आएकी १७ वर्षीया पुष्पा लिम्बु मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव जंगल छेउमा शंकास्पद अवस्थामा भेटिएको थियो ।शवमा चोट पटक देखिएपनि प्रहरीले सामान्य रुपमा लिएको आफन्त अमृत लिङ्देनले बताए । उनका अनुसार दिदीसँग फुङलिङ बजारमा बसेर पढ्दै आएकी पुष्पा बिहीबार राति १२ बजेसम्म डेरा बसेको घरमै थिइन् ।राति १२ बजेपछि हराएकी उनको शव भोलिपल्ट विहान करिब ८ बजे डेराबाट करिब २ किलोमिटर टाढा जंगल छेउमा शंकास्पद अवस्थामा शव भेटिएको थियो ।लिङ्देनका अनुसार मृतकले प्रयोग गर्ने मोबाइल पनि हराएको छ । ‘राति १२ बजेसम्म डेरामा भएको मान्छेको शव जंगलछेउमा कसरी पुग्यो ?’ उनले भने, ‘हाम्रो आशङ्का हत्या हो । तर प्रहरीले सामान्य रुपमा लिएको छ ।’ शव अर्धनग्न अवस्थामा रहेको र शरीरमा पनि चोट भएका कारण हत्या भएको हुनसक्ने उनले बताए ।स्थानीय भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने किशोरीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले गम्भीर रुपमा अनुसन्धान नगरेको भन्दै आफन्तले शव बुझेका छैनन् । शंकास्पद व्यक्तिलाई पक्राउ गरेपछि मात्रै शव बुझ्ने उनले आफन्तले बताएका छन् ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी बालनरसिंह राणा प्रहरीले घटनाको शुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताउँछन् । पोष्टमार्टम हुन बाँकी रहेको बताउँदै उनले पोष्टमार्टमपछि थप विषय खुल्ने जानकारी दिए ।उनका अनुसार शव भेटिएको स्थानदेखि केही माथि किशोरीले लगाएको ज्याकेट भेटिएको छ । ज्याकेट नजिकै मेटासिडको बट्टा पनि भेटिएको उनले बताए । घटनालाई सबै कोणबाट अनुसन्धान गरिरहेको बताउँदै उनले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थप विषय खुल्ने बताए ।

..update

युवतीको हत्या ‘विष खुवाई भिरबाट धकेलेर'

प्रहरीले हत्या आरोपमा एक जनालाई पक्रिएको छ

ताप्लेजुङ — शुक्रबार बिहान मृत भेटिएकी १८ वर्षीया युवती पुष्पा तबेबुङको हत्या भएको प्रहरीले दाबी गरेको छ । प्रहरीले हत्या आरोपमा एक जना पक्राउसमेत गरेको छ ।

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–१० फुरुम्बुका ट्याक्टर चालक राम कार्की छन् । प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार कार्कीले हत्या गरेको स्वीकार गरिसकेका छन् । ‘उनले आफूहरू नौ महिनादेखि प्रेममा रहेको र सँगै मर्ने भन्दै युवतीलाई फकाएर फुङलिङ नगरपालिका–५ को सेते चौतारा छेउमा पुर्‍याई विष सेवन गराएर पहाडबाट धकेलेको बयान दिएका छन्,’ राणाले भने । युवतीलाई धकेलेको भनिएको पहाडबाट झन्डै सय मिटर तल शव भेटिएको थियो । ‘मोटरसाइकलमा लगेर निकै नाटक गरेर धकेलेको देखिन्छ,’ राणाले थपे, ‘यो प्रारम्भिक अनुसन्धान हो, विस्तृत अनुसन्धान गरिरहेका छौं ।’ कार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेर ल्याएको राणाले बताए ।

पुष्पाका परिवारले यसअघि नै कार्कीप्रति शंका गरेर किटानी जाहेरी दिएका थिए । तर प्रहरीले पक्राउ नगरेपछि आपत्ति जनाएका उनीहरुले आइतबार बिहान पत्रकार सम्मेलन गरी सोमबारदेखि हडताललगायत कार्यक्रम गर्ने चेतावनी दिएका थिए । उनीहरूले प्रहरीलाई शव पोस्टमार्टम नगर्न भन्दै आफूहरूले नबुझ्ने बताएका थिए ।जिल्ला अस्पतालमा राखिएको शवको पोस्टमार्टम हुन सकेको छैन ।

कार्की भने शनिबारसमेत ट्याक्टर लिएर सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोक गएको स्थानीयले बताएका छन् । सदरमुकाम फुङलिङको बिहीबारेमा दिदी र आफन्तसँग बस्दै आएकी पुष्पाले बिहीबार बेलुका उनै कार्कीसँग कुराकानी गरेको र राति हराएको परिवारले बताउँदै आएका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments