Incident Reports

पर्वतीय पर्यटनलाई दिगो र मर्यादित बनाउन माग गर्दै ठमेलमा प्रदर्शन

2021-09-27

काठमाडौं- पर्वतीय पर्यटनको संरक्षण तथा  यस क्षेत्रलाई दिगो र मर्यादित बनाउन सरकारलाई दबाब दिने उद्देश्यका साथ दिगो पर्वतीय पर्यटन सञ्‍जालले आज राजधानीमा प्रदर्शन गरेको छ। विश्व पर्यटन दिवसको अवसर पारेर सञ्‍जालले राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विभिन्न प्लेकार्डसहित मौन प्रदर्शन गरेको हो। प्रदर्शनमा सञ्‍जालमा आबद्ध पर्यटन व्यवसायी, पथप्रदर्शक (गाइड) तथा मजदुरहरुको सहभागिता थियो। उनीहरुले २५०० मिटरमाथि गाइड लिएर मात्र ट्रेकिङ जाने व्यवसायी र मजदुरको माग तत्काल पूरा गर, पर्वतीय पर्यटनलाई देशको पर्यटन ब्राण्ड घोषणा गर, नेपाललाई महामारी रेड जोनबाट हटाउन तत्काल पहल गर, पर्वतीय पर्यटन देशको मेरुदण्ड हुन् आदि लेखिएका प्लेकार्ड बोकेका थिए। 'यस प्रदर्शनीको मूल उद्देश्य पर्वतीय पर्यटन क्षेत्रका जल्दोबल्दो समस्यामा सञ्चार क्षेत्र, सरोकारवाला व्यवसायी तथा मजदुर एवं सम्बन्धित निकायहरुको ध्यान पुगोस् रहेको छ। नेपालको पर्यटनको इतिहास सुरु भएदेखि नै देशको पहिचानसँग जोडिएको, समग्र पर्यटन क्षेत्रको मेरुदण्ड हिमाल आरोहण तथा ट्रेकिङ (पदयात्रा) पेसा अर्थात् पर्वतीय पर्यटन (माउण्टेन टुरिजम)लाई जोगाइराख्न तथा यो क्षेत्रलाई दिगो र मर्यादित बनाउन सम्बन्धित पक्षको यथाशीघ्र ध्यान पुगोस् भन्ने हाम्रो माग रहेको,' प्रदर्शनबारे जानकारी दिन सञ्‍जालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पथ प्रदर्शक तथा प्रशिक्षक जयनाथ भण्डारीले समुद्री सतहदेखि दुई हजार ५०० मिटर माथिका भूभागमा ट्रेकिङ जाँदा विदेशी पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने आफूहरुको माग रहेको बताए। 'अहिले आफूखुसी विदेशी पर्यटक भ्रमणमा जान पाउँछन्। यसले एकातिर पर्यटक स्वयंलाई जोखिम निम्त्याउने गर्दछ। अर्कोतर्फ विदेशी एक्लै ट्रेकिङमा जाँदा नेपाली पथ प्रदर्शकले कामविहीन हुनुपरेको छ,' उनले भने, 'दुई हजार ५०० मिटर माथिको भूभागमा जाँदा अनिवार्य पथ प्रदर्शक लैजानुपर्ने व्यवस्था गर्दा ट्रेकिङ एजेन्सी र पथ प्रदर्शकले काम पाउँछन्। यसले आर्थिक रुपमा देशलाई नै फाइदा पुर्‍याउने हो।' पर्वतीय पर्यटनलाई सुरक्षित र दिगो बनाउन पनि यो व्यवस्था अनिवार्य गर्नुपर्ने उनको भनाइ छ। सञ्‍जालमा आबद्ध व्यवसायीहरुले सरकारले विदेशी पर्यटकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'अन-अराइभल' भिसा दिने व्यवस्था गर्नु सकारात्मक भएको बताए। तर, कतिपय प्रावधान अझै प्रस्ट नभएको उनीहरुको भनाइ छ। नेपाललाई महामारीको 'रेड जोन'बाट तत्काल हटाउन पहल नगरे समग्र पर्यटन क्षेत्र धराशायी हुने सञ्‍जालमा आबद्ध व्यवसायी तथा पथ प्रदर्शकहरुको भनाइ छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments