Incident Reports

सुनकोसी २ का विरुद्ध माझी समुदायको प्रदर्शन- वाग्मती - कान्तिपुर समाचार

2021-09-30

Bagmati, Ramechhap, Manthali

रामेछाप — जलासययुक्त सुनकोसी २ आयोजना खारेजीको माग गर्दै बिहीबार रामेछापका माझी समुदायले प्रदर्शन गरेका छन् । माझी उत्थान संघको अगुवाईमा जिल्ला सदरमुकाम मन्थलीमा प्रदर्शन गरिएको हो । जिल्लाका विभिन्न ठाउँबाट भेला भएका माझीहरुले जातीय पहिचान जोडिएकोले सुनकोसी २ आयोजना निर्माण नगर्न माग गरे । सुनकोसी नदीमा बाँधसहितका आयोजना निर्माण गर्दा आदिवासी माझीको संस्कृति, पहिचान र बस्ती नै विलय हुने उनीहरुको भनाइ छ ।आदिवासी माझी जातिलाई नै समाप्त पार्ने, घर जग्गा जमिन र आयआर्जनबाट विस्थापित गराउने सुनकोसी २ आयोजना खारेजीको एक मात्र माग रहेको वाग्मती प्रदेश सभाकी सांसद रीता माझीले बताइन् । ‘हाम्रो धर्म संस्कृति र जातीय पहिचान नदीसँग जोडिएकोले त्यसलाई सरकारले अर्बौंमा पनि खरिद गर्न सक्दैन’, माझीले भनिन्, ‘त्यसैले सुनकोसी आयोजनाले जतिनै पैसा दिएपनि हामी निर्माण गर्न नदिने अडानमा छौं ।’ बिहीबारको प्रदर्शनमा मादल बजाउँदै डुंगा, माछा अंकित व्यानरसहित सेतो फेटामा आएका माझीहरुले मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझेपछि बस्नेतले आदिवासी माझी समुदाय र जिल्ला सदरमुकामकै भविष्य अन्योल बनाउने आयोजनाका विषयमा स्थानीय सरकार गम्भीर रहेको बताए । विद्युत् विकास विभागले सिन्धुली र रामेछापका बीच बग्ने सुनकोसी नदीमा उच्च बाँध निर्माण गरी ९ सय ७८ मेघावाट क्षमताको आयोजना अघि बढाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Adivasi/Janajati
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments