Incident Reports

तलवको माग गर्दै नगरपालिका घेराउ | Janakpur Today

2021-09-30

Madhes, Rautahat, Rajdevi

गौर । रौतहट जिल्लाको राजदेवी नगरपालिका अन्तर्गतका विद्यालयमा कार्यरत विद्यालय सहयोगी, बाल विकास सहजकर्ताहरुले बिहीबार नगर प्रमुख विरुद्ध प्रदर्शन गरेका छन् । नेपाल सरकारले नगरपालिकाबाट ७ हजार रकम दिन गरेको घोषणा अनुसारको रकम नगरपालिकाले नदिएको भन्दै शिक्षक शिक्षिकाहरु आन्दोलित भएको हो । पुर्व घोषित कार्यक्रम अनुसार नगरपालिका घेराउ गरि प्रदर्शन गरिएको संघर्ष समितिका संयोजक सावित्री यादवले बताइन् । पटक पटक नगरपालिका जाँदा नगर प्रमुख धिरेन्द्र कुमार सिंह भेट नहुने र निमित प्रमुख प्रशासकीय अधिकृत सुबोध साहले माग प्रति गम्भीर नभएकोले बाध्य भएर प्रदर्शनमा उत्रिएको यादवको भनाइ रहेको छ । आर्थिक वर्ष २०७८÷०७९ राष्ट्रिय बजेटमा बाल विकास सहयोगी र विद्यालय सहयोगीलाई मासिक २ हजार थप गरिनुको साथै नगरपालिकाबाट प्रति महिना ७ हजार थप गरि १५ हजार तलव दिनु पर्ने घोषणा गरेकोमा नगरपालिकाहरुले घोषणा अनुसारको रकम दिन आनाकानी गरेको कारण विद्यालय सहयोगी कर्मचारीहरु पिडित भएका छन् । वृद्धि गरिएको तलव भुक्तानी गर, हाम्रो माग पुरा गर जस्ता नारा लेखिएको प्ले कार्ड सहित आन्दोलनकारी शिक्षक शिक्षिकाहरु नगरपालिकाका गेटमा पुगेर नारावाजी समेत गरेका थिए । जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments