Incident Reports

शिक्षक कोटा काटेको भन्दै गाउँपालिकामा तालाबन्दी – इन्सेक

2021-09-29

Sudurpashchim, Achham, Bannigadhi Jayagadh, Ward 5

सङ्घीय शिक्षण सिकाइ सहयोग अनुदान कोटा गाउँ शिक्षा समितिले कटौती गरेपछि विद्यार्थीको पढाइ प्रभावित हुने भन्दै बान्नीगढी जयगढ गाउँपालिका कार्यालयमा विद्यार्थी, शिक्षक र अभिभावकले तालाबन्दीे गरेका छन् । बान्नीगढी जयगढ गाउँपालिका–५ कालिकास्थित सान्नीकोट आधारभूत विद्यालयमा ०७५ बाट आउने गरेको शिक्षण सिकाइ सहयोग अनुदान कोटा २०७८ असोज ११ को गाउँ शिक्षा समितिले कटौती गरेको भन्दै गाउँपालिका विरूद्धमा नाराबाजीसहित असोज १३ बाट तालाबन्दी गरिएको छ । कक्षा ६ देखि कक्षा ८ सम्म अध्यापन गराउने शिक्षक कोटा कटौतीले विद्यालयमा अध्ययरत विद्यार्थीहरू पढाइबाट वञ्चित हुने अवस्था आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर साउदको भनाइ छ । ‘कक्षा ६ देखि कक्षा ८ सम्म दरबन्दी छैन । एक कोटा र अर्को निजी शिक्षकले धानिरहेका छौँ । त्यही कोटा काटेपछि विद्यार्थीको के हालत होला ?’–अध्यक्ष साउदले भन्नु भयो । सङ्घीय नीति, विधि र कानुन विपरित गाउँ शिक्षा समितिले विद्यालयको कोटा कटौती गर्नु बालबालिकालाई शिक्षाबाट वञ्चित गराएको गाउँपालिकास्तरीय शिक्षक महासङ्घ अध्यक्ष धिरेन्द्रबहादुर रावलको भनाइ छ । आवश्यकताका आधारमा नभइ व्यक्तिगत स्वार्थका आधारमा अनुदान कोटा काटिएको र सान्निकोटका विद्यार्थीको भविष्यमा गाउँपालिकाले खेलबाड गरेको विद्यालयका प्रधानाध्यापक हर्कबहादुर सुतारको आरोप छ । आफ्नो विद्यालयको अनुदान कोटा आउने निश्चित नभएसम्म सङ्घर्षरत रहने स्थानीय अभिभावकको भनाइ छ । गाउँ शिक्षा समितिले उक्त विद्यालयको कोटा कटौती गरेर वडा नं ४ को अलकनन्दा माविमा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीको भनाइ छ । अधिकृत जोशीका अनुसार गाउँपालिकामा लगाएको ताला खोल्न र सान्निकोट आधारभूत विद्यालयको शिक्षण सिकाइलाई नियमित गर्न सरोकारवालासँग छलफलको तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीको भनाइ छ । विद्यालयका मागका बारेमा आफूहरू सकारात्मक भएकाले उपयुक्त निर्णय गरिने गाउँपालिका उपाध्यक्ष लोकबहादुर साउदको भनाइ छ । गाउँपालिकामा तालाबन्दी हुँदा कार्यालयको दैनिक काम प्रभावित बनेको छ । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Education sector/teachers (private and public) , Citizen/Individuals , Students
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments