Incident Reports

सडकछेउमा अचेत भेटिएकी महिलाको उपचारका क्रममा मृत्यु, बलात्कारको आशंका

2021-09-29

Madhes, Mahottari, Bhangaha, Ward 2

धनुषास्थित प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा  एक ३५ वर्षीया महिलाको मृत्यु भएको छ। सडकछेउमा अचेत अवस्थामा भेटिएकी महोत्तरीकी ती महिलालाई सामूहिक बलात्कारपछि सडकछेउमा फालिएको परिवारको आशंका छ। जिल्लाको भंगहा नगरपालिका– २ स्थित बस्तीमा बुधबार राति करिब १ बजे नम्बर नखुलेको रातो रंगको अपाची मोटरसाइकलमा सवार दुईजनाले ती महिलालाई घरबाटै लगेका थिए। राति अन्दाजी तीनदेखि चार बजेको बीचमा उनीहरूले घरनजिकैको सडकछेउमा महिलालाई अचेत अवस्थामा छाडेर भागेका थिए। पछि परिवारले अचेत अवस्थामा भेटी उनलाई उपचारका लागि स्थानीय मानकी पोलिक्लिनिकमा लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि बुधबार अपराह्न नै प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा उपचारकै क्रममा उनको राति करिब १० बजे मृत्यु भएको हो। मृतकका छिमेकीहरूका अनुसार उनको शरीरको केही भागमा चोट देखिएको छ। प्रहरीले भने पोस्टमार्टम रिपोर्टपछि मात्र बलात्कार भए–नभएको भन्न मिल्ने बताएको छ। मृतक महिलाको शुक्रबार पोस्टमार्टम भइसकेको र शव परिवारले बुझेर दाहसंस्कारसमेत  गरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए। मृत्युबारे विभिन्न टीकाटिप्पणी आए पनि आफूहरूले चिकित्सकीय कागजातविना केही भन्न नसक्ने उनले बताए । यता मृतक महिलालाई अचेत अवस्थामा छाडेर भाग्नेहरूको पहिचान भएको र उनीहरूको खोजीसमेत भइरहेको प्रहरीले जनाएको छ। मृतकका दुई छोरा र दुई छोरी रहेका छन् भने श्रीमान् भारतमा रोजगारीका लागि गएका छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments