Incident Reports

बलात्कारपीडित बालिका बेपत्ता, पीडककै संलग्नता रहेको परिवारको आशंका

2021-10-03

Province 1, Sunsari, Barah, Ward 6

एक महिनाअघि बलात्कारमा परेकी पीडित बालिका बेपत्ता भएकी छिन्। सुनसरी बराहक्षेत्र– ६ की १६ वर्षीया बालिका एक हप्तादेखि अचानक बेपत्ता भएपछि खोजी गरिदिन पीडितकी आमाले प्रदेश सांसदहरूसमक्ष आग्रह गरेकी छिन्।
दलित मुसहर समुदायको अवस्था बुझ्न सुनसरीको बराहक्षेत्र– ५ भलुवाचौरीस्थित मुसहर बस्तीमा पुगेका प्रदेश सांसदहरूको टोलीसँग पीडित बालिकाकी आमाले छोरीको खोजी गरेर न्याय दिलाइदिन अनुनय गरेकी हुन्। छोरीलाई पीडक पक्षले नै अपहरण गरेर बेपत्ता बनाएको उनको आशंका छ। उनका अनुसार बकपत्रमा बयान फेर्न लगाएर अपराधमुक्त हुने पीडकहरूको योजना छ। बालिकालाई डरत्रास देखाएर होटेलमा लगेर सोही ठाउँका २९ वर्षीय रामकुमार यादवले पटकपटक बलात्कार गर्दै आएका थिए। बालिकालाई होटेलमा लगेर बलात्कार गर्दै गर्दा इटहरी प्रहरीले पक्राउ गरेर मुद्दा दर्ता गराएको थियो। हाल उनी अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा छन्। १५ असोजमा प्रदेश १ सभाका सांसदहरू जयराम यादव, लोकप्रसाद संग्रौला, सरिता थापा, विष्णु तुम्बाहाम्फे, सीता थेबे, उमिता बराइलीलगायत भलुवा चौरीको मुसहरि बस्तीमा पुगेका थिए। उनीहरूले पीडित बालिकाको खोजी गरिदिन सक्दो सहयोग गर्ने आश्वासन दिए। पीडित बालिकाको सुरक्षालाई मध्यनजर गर्दै उनलाई बराक्षेत्रस्थित आरेकको पुनर्स्थापना केन्द्रमा राखिएको थियो। तर, त्यहाँ पनि डरधम्की र प्रलोभन आउन थालेपछि उनलाई आफन्तकोमा ठाउँ सार्दै लुकाएर राख्ने गरिएको थियो। पछिल्लोपटक बुबाको वार्षिकी श्राद्धमा घर आएको वेला उनी अचानक बेपत्ता भएकी थिइन्। पीडित बालिकाको परिवारका अनुसार अभियुक्तका आफन्तहरूले उनीहरूलाई अदालतमा बकपत्र गर्दा बयान फेरेर ‘होस्टाइल’ हुन विभिन्न प्रलोभन र धम्की दिँदै आएका थिए। अभियुक्त्त पक्षले कतै प्रत्यक्ष भेटेर त कहिले मोबाइलमार्फत बकपत्रमा बयान नफेरे ‘जे पनि हुन सक्छ’ भन्दै धम्की दिने गरेका पीडित पक्षले बताएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments