Incident Reports

वैवाहिक बलात्कारपछि हत्या प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता – इन्सेक

2021-10-19

२५ वर्षीया पत्नीलाई बलात्कारपछि हत्या प्रयास गरेको भन्दै २७ वर्षीय पति सहित परिवारका अन्य सदस्यविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दर्ता गराएकी छिन् ।

०७८ असार २७ गते विवाह गरेकी पत्नीलाई असार २८ गते बलात्कार र असार २९ गते घरको छतबाट ढकालेर हत्याको प्रयास गरेको भन्दै पीडित पक्षले आरोपितहरूविरुद्ध कात्तिक २ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा छुट्टाछुट्टै मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी दिलिप गिरीले जानकारी दिनुभयो ।

घटनापछि घाइते भएकी पीडित उपचारबाट फर्किएपछि वैवाहिक बलात्कार घटनामा श्रीमान र ज्यानमार्ने उद्योगमा श्रीमान, ५५ वर्षीय ससुरा, ५० वर्षीय सासु र २५ वर्षीय देवरविरुद्ध उजुरी दर्ता गराएको पीडित पक्षले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित पक्षको उजुरीपछि घटनाको अनुसन्धान भइरहको डिएसपी गिरीले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २९ गते भरतपुर जिल्ला अस्पताल चितवनमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments