Incident Reports

मेडिकल कलेजका कर्मचारी आन्दोलित | Nagarik News - Nepal Republic Media

2021-10-21

Lumbini, Banke, Nepalgunj

तलब, भत्ता वृद्धि लगायत विभिन्न माग राखेर नेपालगन्ज मेडिकल कलेजका कर्मचारी पुनःआन्दोलित भएका छन्। कर्मचारीले कलेजको प्रशासन लगायत कक्षमा ताला लगाएर आन्दोलनमा उत्रिएका हुन्। कर्मचारीले आपतकालिन सेवा बाहेक अन्य सबै सेवा ठप्प पारेका छन्। यता ब्यवस्थापन पक्षले कर्मचारीका माग अहिलेको परिस्थितीमा पुुरा गर्न नसक्ने प्रष्ट पारेको छ। नेपालगन्जमा बिहीबार पत्रकार सम्मेलन गरी ब्यवस्थापनले यस्तो बताएको हो।

कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले संस्था अहिले घाटामा रहेकाले अहिले कर्मचारीले उठाएको माग सम्बोधन गर्न नसकिने प्रष्ट्याए। ‘कोरोना महामारीका कारण संस्था घाटामा छ, घाटा सहेर भएपनि अहिलेसम्म जसोतसो तलब, भत्ता दिइरहेका छौं, तर यस्तो बेलामा तलब, भत्ता बढाउन सक्ने अवस्था नै छैन,’ उनले भने।

मेडिकल कलेजमा धेरै पुराना र स्थायी कर्मचारी रहेकाले उनीहरुलाई घर पठाउन नसकिने र तत्काल तलब बृद्धि गर्न पनि नसकिने कनोडियाले सुनाए। कोरोना महामारीले २०७६ सालदेखी एमबिबिएस भर्ना नै बन्द रहेको बताउँदै भने, ‘मेडिकल कलेजको आम्दानीको स्रोत बिद्यार्थी भर्ना पनि हो, त्यो अहिले कोरोना महामारीले गर्दा बन्द छ,’ कनोडियाले भने ‘एमबिबिएस भर्नामा पहिलेको भन्दा अहिले बिद्यार्थी भर्ना शुल्क र कोटा संख्या पनि कम छ, अस्पतालले जुन रुपमा आम्दानी गर्नुपर्ने हो, त्यो गर्न सकिराखेको छैन।’

शिक्षण अस्पताल नेपालगन्ज तथा कोहलपुरको आम्दानीभन्दा खर्च बढी भएकाले कर्मचारीको तलब, भत्ता बृद्धि गर्न नसकिने उनले प्रष्ट्याए। अधिकारका नाममा कर्मचारीले आवश्यकभन्दा बढी राजनीति गरेको र अस्पतालको दैनिक कार्यमा बाधा पुर्याउनु, ताला लगाउनु गैरकानुनी तथा मानवता विरोधी कार्य भएको कनोडियाले बताए।

मेडिकल कलेजका सञ्चालक एवम् फाइनान्स विभाग प्रमुख श्यामकुमार शर्माले कर्मचारीको तलब, भत्ता नेपाल सरकारको नियम अनुसार २०७५ सालमा बृद्धि गरिएको र कोरोना महामारीका कारण संस्था घाटामा गएकाले बृद्धि गर्न नसकिएको बताए। ‘नेपाल सरकारको नियम अनुसार हामीले कोरोना महामारी आउनुभन्दा अगाडी तलब, भत्ता बढाएकै हो, महामारी आइसकेपछि बढाउने स्थिती नै भएन,’ शर्माले भने। अहिले आम्दानीभन्दा खर्च बढी भइरहेकाले संस्था चलाउन हम्य हम्य परिरहेको उनको भनाइ छ। कर्मचारीको आन्दोलनका कारण अहिले दैनिक १५ देखी २० लाख रुपैयाँसम्म कलेजले घाटा ब्यहोर्नु परिरहेको शर्माले सुनाए।

कलेजका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले देशका अन्य निजी मेडिकल कलेजभन्दा नेपालगन्ज मेडिकल कलेजले सस्तोमा सेवा दिइरहेको बताए। कलेजका कर्मचारीको लागि निःशुल्क औषधी उपचारको ब्यवस्था मिलाउँदै आएको ब्यवस्थापन पक्षले जनाएको छ। जटिल परिस्थितीमा आन्दोलन रोकेर काममा फर्किन उनीहरुले कर्मचारीलाई अपिल पनि गरेका छन्। उक्त कलेजमा १ हजार ४ सय ५० को हाराहारीमा कर्मचारीहरु कार्यरत रहेको ब्यवस्थापन पक्षले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments