Incident Reports

भीमबहादुर विश्वकर्माको परिवारलाई न्याय दिन माग गर्दै माइतीघरमा प्रदर्शन 

2021-10-23

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौं, कात्तिक ६ : चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको परिवारलाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।उनको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै नागरिक समाजका अगुवा, मानवअधिकारकर्मीलगायतले आज (शनिबार) माइतीघरमा प्रदर्शन गरेका  हुन्।

भीमबहादुरको असोज २८ गते दसैंको महानवमीका दिन बिहान ९ः३० बजे स्थानीय सीताराम बस्नेत र दिलिप श्रेष्ठले कुटपिटबाट हत्या भएको थियो।हत्या आरोपमा प्रहरीले ती दुवैजनालाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations HRD
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments