Incident Reports

मेयरकाे घर अगाडि फाेहर थुपारेर जनप्रतिनिधिद्वारा विराेध प्रदर्शन | Ujyaalo Online:: Nepal News, Nepali Samachaar

2021-10-31

Madhes, Dhanusha, Janakpur

धनुषा – जनकपुरका स्थानीय जनप्रतिनिधिहरूले मेयरको घरअघि फोहर थुपार्दै विरोध प्रदर्शन गरेका छन् । चाड पर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइ गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिशाेर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरूले फोहर थुपारेर विरोध गरेका हुन् । उनीहरूले मेयर साहलाई पटक–पटक फोहर व्यवस्थापनको लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको आरोप लगाएका छन् । 

दीपावली नजिकिँदै गर्दा पनि फोहर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरूले मेयर साहलाई कालोमोसो दल्ने चेतावनीसमेत दिएका छन् । वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहर व्यवस्थापनमा मेयर साहले बेवास्ता गरेको भन्दै उहाँलाई कालोमासो दल्ने चेतावनी दिनुभयो ।वडा नम्बर १ का अध्यक्ष शत्रुधन साह, वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साह, वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहलगायतले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि धर्नासमेत दिएका छन् ।

वडाध्यक्ष साहले भन्नुभयो, ‘हामीले यो भन्दा पहिला पनि धेरै पटक फोहर व्यवस्थापन हुनुपर्छ भनेका थियौँ तर मेयरले फोहर व्यवस्थापनका लागि कुनै चासो नै देखाउनु भएन । नागरिकलाई उहाँले बेवास्ता गर्नुभयो, उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहर व्यवस्थापनलाई उहाँले वास्ता नै गर्नुभएन । फोहोर व्यवस्थापन हुनुपर्छ भनेर ल्यान्डफिल साइट बनाउनुपर्छ भन्दै आएका छौँ, तपाईँले नसके हामी वडाध्यक्षहरूको समूह बनाएर काम गर्छाैँ भन्दा पनि उहाँले मान्नुभएन । काम नगर्ने मेयर अनि गाली खाने हामी वडाध्यक्ष ? उहाँ चाहिँ अहिले काठमाण्डाै घुम्न जाने चाडबाडको बेला, रमाइलो गर्ने ? अब कालोमोसो दल्नुपर्छ भने त्यो पनि गर्छाैँ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments