Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-11-03

Bagmati, Ramechhap, Khadadevi, Ward 1

६३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीको सुर्यपुरा गाउँपालिका–८ स्थायी घर भई खाँडादेवी गाउँपालिका–१ मा बस्दै आएका ४१ वर्षीय कृष्ण विकासलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेपछि पीडित महिलाको अत्यधिक रक्तश्राव भएको थियो ।

गाउँमा उपचार हुन नसकेपछि पीडित महिलालाई कात्तिक १८ गते थप उपचारका लागि काठमाडौँ लगेर एक अस्पतालमा भर्ना गरिएको छ ।

अत्यधिक रक्तश्रावको कारणबारे डाक्टरले सोधेपछि ती महिलाले आफू बलात्कृत भएको बताएकी थिइन् ।

सोही सूचनको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएस्पी नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments