Incident Reports

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-11-07

Karnali, Mugu, Chhayanath Rara, Ward 5

२८ वर्षीया महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले छायाँनाथ रारा नगरपालिका-५ का दुईजना युवालाई कात्तिक २२ गते गिरफ्तार गरेको छ ।

२३ वर्षीय जयकिसन रोकाया र २१ वर्षीय जिविस नेपालीले कात्तिक २१ गते राति ९ बजे हात पात गरी बलात्कार प्रयास गरेको भन्दै पीडितले कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर भट्टराईले बताउनुभयो ।

आरोपितहरूले कात्तिक २१ गते शरिरमा लगाएको लुगा च्यातेर बलात्कार प्रयास गरेको र छातिमा दुबै जनाले मुक्का हानेको साथै गहना समेत लिएको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडितले बलात्कार प्रयास भएको उजुरी दिए पनि घटनाको अवस्था हेर्दा दुर्व्यवहार भएको देखिएकोले सार्वजनिक स्थलमा दुर्व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको डिएसपी भट्टराईको भनाइ छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २२ गते जिल्ला अस्पतालमा सम्पन्न भएको डाक्टर अर्जुन भामले जानकारी दिनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments