Incident Reports

मोरङको उच्च र जिल्ला अदालतमा पनि विरोध प्रदर्शन- प्रदेश १ - कान्तिपुर समाचार

2021-11-14

Province 1, Morang, Biratnagar

विराटनगर — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङमा कानुन व्यवसायीहरूले एक घण्टा शान्तिपूर्ण विरोध प्रर्दशन गरेका छन् । उनीहरूले दिउँसो ११ देखि १२ बजेसम्म प्रर्दशन गरेका हुन् । दुवै अदालत अगाडि गरिएको प्रर्दशनलाई उच्च अदालत बारका अध्यक्ष नारायण दाहाल र जिल्ला अदालत बारका अध्यक्ष पुनम गुप्ताले नेतृत्व गरेका थिए ।

प्रदर्शनको क्रममा 'न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ' लगायतका नारा लगाइएको थियो । अधिवक्ता विकास थापाका अनुसार प्रदर्शन सकिएपछि दुवै अदालतका नियमित सुनुवाइ सुचारु भएका छन्। कानुन व्यवसायीमाथिको प्रहरी दमन र प्रधानन्यायाधीशको विकृति र विसंगति विरुद्ध तीन दिनसम्म लगातार एक-एक घण्टा विरोध प्रदर्शन गर्ने दुवै बार एसोसिएसनले कार्यक्रम तय गरेको वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments