Incident Reports

मूल्यवृद्धिको विरोधमा चन्द समूहद्वारा राजमार्ग अवरुद्ध पार्दै प्रदर्शन- गण्डकी - कान्तिपुर समाचार

2021-11-14

कावासोती — इन्धनमा मूल्यवृद्धि भएको बिरोधमा नेत्रविक्रम चन्द समूहको नेपाल कम्युनिष्ट पार्टीले कावासोतीमा महेन्द्रराजमार्गको यातायात अवरुद्ध गरेर प्रर्दशन गरेको छ ।आइतबार दिउँसो नेकपाका कार्यकर्ताहरूले राजमार्गमा उत्रिएर नारावाजी गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । एक घण्टा लामो प्रदर्शनको क्रममा उनीहरूले सरकारविरुद्ध चर्का नारावाजी गरेका थिए । प्रदर्शनका कारण सयौंको संख्यामा लामो तथा छोटो दूरीका सवारीसाधनहरू घण्टौंसम्म सडकमै रोकिएका थिए ।

इन्धनमा मूल्यवृद्धि गरिएकोमा काठमाडौंमा पनि सत्तारुढ गठबन्धनसहित विभिन्न ६ राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले खाली ग्यासका सिलिन्डर टाउकोमा बोकेर प्रदर्शन गरेका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments