Incident Reports

प्रधानन्यायाधीशको राजीनामा माग्दै बर्दियामा पनि प्रदर्शन- लुम्बिनी - कान्तिपुर समाचार

2021-11-14

बर्दिया — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आइतबार बर्दियाका कानुन व्यवसायीले जिल्ला अदालत परिसरमा धर्ना दिएका छन् । न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचार विरुद्ध नेपाल बार एसोसिएसनमा आवद्ध कानुन व्यवसायीहरू विवादित प्रधानन्यायाधीशको राजीनामा माग्दै हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् । बारका जिल्ला अध्यक्ष काशीराम चौधरीले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोल जारी राख्ने चेतावनी दिए । 'प्रधानन्यायाधीश जबराले प्रभावकारी न्याय सम्पादन नगरेकोले राजीनामा माग्नु परेको हो,’ उनले भने । केन्द्रीय कार्यक्रम अनुसार कात्तिक ३० गतेसम्म दैनिक १ घण्टा आन्दोलनको कार्यक्रम जारी राख्ने अध्यक्ष काशीराम चौधरीले बताए । बिहान १० बजेदेखि ११ बजेसम्म यहाँका अधिकांश कानुन व्यवसायीले कामकाज ठप्प पारेर अदालत परिसरमा धर्ना दिएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments