Incident Reports

तलबको माग गर्दै फतुवा विजयपुरका शिक्षक कर्मचारी आन्दोलित | Ratopati

2021-11-14

Madhes, Rautahat, Phatuwa Bijayapur

रौतहटको फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गतका शिक्षक तथा कर्मचारी तलबको माग गर्दै आन्दोलनमा उत्रेका छन् । गत दसैँअघि नै पाउनुपर्ने तलब सुविधा कार्तिक महिना बित्न लाग्दा पनि नपाका कारण शिक्षक कर्मचारी बाध्य भएर आन्दोलनमा उत्रेका हुन् । आइतबार नगरपालिकाको अगाडि भेला भएका शिक्षक कर्मचारीहरु जनप्रतिनिधिको लापरबाहीको कारण ढिलासुस्तीले गर्दा ५ महिनादेखि तलबभत्ता खान पाउन नसकेकाले आन्दोलनको विकल्प नरहेको बताए । नगर सभा भएको महिनौ बितिसक्दा पनि जनप्रतिनिधि बीच रकमको भागबन्डा नमिलेको कारण फतुवा बिजयपुर नगर अन्तर्गत ३२ विद्यालयका झन्डै २५० शिक्षक र अन्य कर्मचारी गरि ३०० को हाराहारीमा शिक्षक कर्मचारीले तलब पाउन नसकेको एकजना महिला शिक्षिका उषा किरण श्रेष्ठले बताइन् ।

पहिलो चरणको आन्दोलन स्वरुप सबै विद्यालयका शिक्षकहरु आइतबार देखि पठनपाठन बन्द गरी बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालय प्राङ्गणमा धर्नामा बस्ने शिक्षकहरुले निर्णय गरेको छन् । फतुवा विजयपुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद गुप्ताले योजना तर्जुमा नभएको कारण तलब दिने अख्तियारी हालसम्म न आएको बताए । नगरसभाको बन्दसत्रको पुरै प्रक्रिया हालसम्म पूरा नभएकाले समयमा शिक्षक,कर्मचारी लाई तलब दिन नसके पनि प्रक्रिया पूरा गर्न आफुहरु लागिरहेको अधिकृत गुप्ताले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments