Incident Reports

थाहा खबर: पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ‘विप्लव’को बन्द

2021-11-15

नेपाल बन्दको काठमाडौं उपत्यकामा आंशिक प्रभाव देखिएको छ। बन्दका कारण उपत्यकामा सार्वजनिक सवारीसाधन कम चलेका छन्। प्रहरीले विभिन्न चोकमा सुरक्षा व्यवस्था कडा पार्ने कोसिस गरिरहेको छ। बालाजु, नयाँ बसपार्क, कोटेश्वर, बल्खु‚ चाबहिललगायत क्षेत्रमा यात्रुको संख्या बढिरहेको र यातायातका साधनहरु कम मात्रामा चलेको प्रहरीले जनाएको छ।निजी सवारी साधन भने सार्वजनिक यातायातको तुलनामा बढी संख्यामा सञ्चालनमा छन्। यातायातका साधन सञ्चालनमा अवरोध गर्दै हिँडेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

साँखु, महाराजगञ्ज लगायतका क्षेत्रबाट ५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यस्तै‚ बन्दका कारण लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ। बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना‚ शैक्षिक संस्थाहरू ठप्प छन्।

सहरका केही भित्री भागमा भने पसल फाटफुट खुलेका छन्। तनहुँमा बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन्। मंगलबार बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिए।

तनहुँमा बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन्। मंगलबार बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments