Incident Reports

स्थानीयले लगाए कमलामाइको ल्यान्डफिल्ड साइटमा ताला

2021-11-16

Bagmati, Sindhuli, Kamalamai

सिन्धुली — कमलामाई नगरपालिका ल्यान्डफिल्ड साइटमा मंगलबार ताला लगाइएको छ । वडा नं ५ मा पर्ने क्वान्द्रेखोल्सीमा नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको छ ।

फोहोर उचित व्यवस्थापन नहुँदा गाउँमा दुर्गन्ध फैलिएको, स्वास्थ्य समस्या आएको तथा स्थानीयलाई रोजगारीमा प्राथमिकता नदिएको भन्दै आन्दोलित स्थानीयले क्वान्द्रेखोलाशिर ल्यान्डफिल्ड साइटको मुलगेटमा ताला लगाएका हुन् । उनीहरुले समस्या समाधनको मागसहित दुई साताअघि १५ बुँदे ज्ञापनपत्र नगरपालिकामा बुझाएका थिए । कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अक्कलबहादुर रानाले आफूहरुको माग बेवास्ता गरिएकोले बाध्य भएर तालाबन्दी गरी आन्दोलनमा उत्रिनु परेको बताए । क्वान्द्रेखोल्सी कालिका सामुदायिकको वन क्षेत्रमा पर्छ ।

ल्यान्डफिल्ड साईडको उचित व्यवस्थापन नहुँदा नयाँबस्ती, मधुटार, रानीखोला, जरायोटार, ढाक्रेबास, कारागार, कालिकाटार, पन्चकन्या टोललगायतका क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित हुँदै आएको अध्यक्ष रानाले बताए । क्वान्द्रे खोल्सीको पुछारमा फोहोर डम्पिङ गर्ने सहमति उल्लंघन गर्दै शिरबाटै थालेको, वन क्षेत्र जथाभावी फँडानी गरिएको आरोप स्थानीयको छ ।

फोहोर मैला व्यवस्थापन क्षेत्रमा काम गर्ने सरसफाई कर्मचारीहरु ल्यान्डफिल्ड प्रभावित क्षेत्रबाट राख्नुपर्ने, ल्यान्डफिल्ड प्रभावित क्षेत्रका नागरिकहरुको नि:शुल्क स्वास्थ्य बिमा, खानेपानी, शिक्षाको सुनिश्चितता गर्नुपर्ने स्थानीयको माग छ ।

तल्लो रानीखोला टोल विकास संस्थाका अध्यक्ष यज्ञबहादुर थापाकाअनुसार ल्यान्डफिल्ड साइटमा जलाइएको फोहोरको धुवाँ र धूलोले खानेपानी मुहान फोहोर हुने गरेको छ । कमलामाई नगरपालिका वातावरण शाखाका प्रमुख सागरकुमार ढकाल ल्यान्डफिल्ड साइटका बासिन्दाले उठाएको मागहरु पूरा गर्दै जाने बताउँछन् । वार्ताबाटै समस्या समाधानका लागि स्थानीयलाई बोलाइएको उनले जनाए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments