Incident Reports

महानगरका सडक अधुरो छोडिएको विरोधमा स्थानीय आन्दोलित – देशसञ्चार

2021-11-18

Province 1, Morang, Biratnagar, Ward 4

मोरङ – विराटनगर महानगरपालिकाअन्तर्गत कोशी लोकमार्गदेखि पश्चिमको क्षेत्र विकास निर्माण कार्य सुस्त भएसँगै स्थानीयले आन्दोलन सुरु गरेका छन्।विराटनगर महानगरपालिकाको वडा ४ र ५ जामुनगाछीका स्थानीयले लोकमार्ग पश्चिमको क्षेत्रमा विकास गतिविधि ढिलो भएको जनाउँदै सामाजिक सञ्जालमार्फत अभियान सुरु गरेका हुन्।

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने सो स्थानमा कांग्रेसका नेता डा. शेखर कोइरालालाई हराउँदै एमाले नेता लालबाबु पण्डित निर्वाचित भएका थिए। त्यसैगरी एमाले महानगर कमिटी अध्यक्ष सागर थापासमेत सोही क्षेत्रका बासिन्दा हुन्। तर राजनीतिक दलका नेताहरुले समेत आफ्नो क्षेत्रमा हुने विकास निर्माणमा ध्यान नदिएको भन्दै स्थानीय आक्रोशित छन्।

स्थानीय मनोजविक्रम शाहीले विकास निर्माणदेखि सबै कुरामा लोकमार्ग पश्चिमलाई भेदभाव गरिएको गुनासो गरे। शाही एमालेका सक्रिय कार्यकर्ता हुन्। शाहीले भने, ‘आफ्नो क्षेत्रको विकास गराउन सकिन्छ कि भन्ने लागेको थियो। तर नेताहरुको हेपाइ र पेलाइमा मात्रै परियो।’

जनता चुप लागेर बस्दा त्यसको फाइदा नेताहरुले उठाइरहेको भन्दै उनले बदमासी गर्ने नेताहरुलाई सजाय दिन जनता जाग्नुपर्ने बताए।

अर्का स्थानीय उत्तम दाहालले विकास निर्माणलाई संविधानले सहज बनाए पनि नेता नै बाधक बनिरहेको आरोप लगाए। उनले भने, ‘लोकमार्ग पश्चिमको क्षेत्रमा महानगरपालिकाको मापदण्डअनुरुप विकासको काम हुन नसक्दा जनता पीडित बनिरहनुपरेको छ।’

विराटनगर ४ र ५ को गणेश चोकबाट पश्चिम केसलिया खोलासम्मको करिब ३ किलोमिटर सडक मर्मतसम्भारकै अवस्थामा छ। सडकको स्तरोन्नतिको काम लामो समयदेखि भए पनि पुरा नगरिएको स्थानीयको गुनासो छ। सडकमा ठूल्ठूला खाल्डाखुल्डी हुँदा पटक–पटक दुर्घटना हुँदै आएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments