Incident Reports

खाद्य र इन्धनमा भएको मूल्य वृद्वि बिरुद्ध जाजरकोटमा प्रदर्शन - Paschimnepal.com

2021-11-19

खलंगा । खाद्य र इन्धनमा भएको मुल्य वृद्धिका विरुद्ध थलह बजारमा विरोध प्रर्दशन गरिएको छ । देशव्यापी कार्यक्रम अन्र्तगत नेकपा ( एमाले) निकट राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियू विद्यार्थी संगठनले जाजरकोटको थलह बजारमा विरोध प्रर्दशन गरेका हुन् ।विरोध स्वरुप उनीहरुले थहल बजारमा ¥याली निकाल्दै कोण सभाको आयोजना गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय संघ केन्द्रिय कमिटी सदस्य सरोज जंग शाहीले मुल्यवृद्धिका विरुद्धमा देशैभरी सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएको बताए ।

अहिलेको शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले देशव्यापी रुपमा मुल्यवृद्धि गरेको छ । पछिल्लो १५ दिनमा मात्रै २ पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको छ ’ उनले भने ‘यसरी भएको मुल्य वृद्धिको कारण यो देशका मजदुर, किसान मारमा परेका छन ।आज श्रम गरेर खाने वर्ग अहिले मृल्य वृद्धिका कारण भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । ’उनले आफूहरुले पटक–पटक मुल्य वृद्धिका विरुद्ध आवाज उठाउदै आएको भएपनि सरकारले बेवस्था गरेको बताए । मागको सुनुवाई नभएको आगामी दिनमा सशक्त रुपमा अगाडी बढ्ने सदस्य शाहीले बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments