Incident Reports

मन्दिरमा खेल्न गएकी ३ वर्षीया बालिका बलात्कारको आरोपमा ७५ वर्षीय साधु पक्राउ « News24 : Premium News Channel

2021-11-19

Madhes, Dhanusha, Chhireshwornath, Ward 3

जनकपुरधाम । ३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ७५ वर्षीय एक साधु पक्राउ परेका छन् । मन्दिरमा खेल्न गएकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले साधुलाई पक्राउ गरेको हो ।प्रहरीले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ को इच्छापुरस्थित एक मन्दिरमा शुक्रबार बिहान खेल्न गएकी एक बालिकालाई बलात्कार गरेको आरोपमा साधुलाई नियन्त्रणमा लिएको हो ।

धनुषाको धनुषाधाम नगरपालिका–६ घर भई ३/४ दिनदेखि सोही मन्दिरमा बस्दै आएका ७५ वर्षीय साधु शिबजी रामले ती बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।प्रहरीका अनुसार ७५ वर्षीय रामले बालिकालाई मन्दिर प्राङ्गणमा कुनामा लगेर जबर्जस्ती बलात्कार गरेको भन्दै पीडितको परिवारले शुक्रबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दिएका थिए ।सोही किटानी जाहेरीको आधारमा रामलाई प्रहरीले पक्राउ गरेर जबर्जस्ती करणीसम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।पीडित बालिकाको परिवारको निगरानीमा उपचार भइरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments