Incident Reports

कुमारी बैंकको ऋण प्रकरण : मूल्याङ्‍कनकर्ता चौरासियालाई रिहा गर्न माग गर्दै प्रदर्शन

2021-11-21

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं- कुमारी बैंकको १९ करोड रुपैयाँ ऋण प्रकरणमा मूल्याङ्‍कनकर्ता पक्राउ परेपछि नेपाल भ्यालुयर्स एसोसियसन आन्दोलनमा उत्रिएको छ। एसोसियसन आबद्ध मूल्याङ्‍कनकर्ताहरु मूल्याङ्‍कनको काम बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।

गायक योगेश्वर अमात्यको जग्गा धितो राखेर कुमारी बैंकबाट गएको ऋण प्रकरणमा इन्जिनियर राजेशकुमार चौरासियालाई प्रहरीले पक्राउ गरेको थियो।

बाराको कलैया उपमहानगरपालिकामा रहेको १०६९ कित्ता नम्बरको १२ रोपनी एक आना विल्वा भूमि वन प्रालिको जग्गा मूल्याङ्‍कनकर्ता डाइनमिक कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन सर्भिसेजका चौरासियालाई तत्काल रिहाइ गर्न माग गर्दै एसोसियसन आन्दोलनमा उत्रिएको हो।

चौरासियाले बैंकबाट प्राप्त जग्गाधनी प्रमाण पुर्जा, राजीनामापत्र, कलैया उपमहानगरपालिकाबाट भएको घर बाटो प्रमाणित, चार किल्ला प्रमाणित, सम्पत्ति कर तिरेको रसिद, बैंक पत्रबाट पाप्त सर्भे नक्साको आधारमा भ्यालुयसन रिपोर्ट तयार पारेको एसोसियसनको भनाइ छ।

आन्दोलनका क्रममा नेपाल राष्ट्र बैंकको परिपत्रअनुसार धितो रहने जग्गाको नापी नक्सा स्वयं बैंक प्रतिनिधिले नापी कार्यालयबाट ल्याउनुपर्ने, मूल्याङ्‍कनकर्ताले बैंकसँगको सम्झौता-मूल्याङ्कन कार्यका लागि आवश्यक कागजात बैंकबाट उपलब्ध हुने, बैंकको कार्यादेशपश्चात् मूल्याङ्‍कन कार्य गर्ने कानुनी अधिकार नभएको बताइएको छ।

आइतबार बिहान एक घण्टा कुमारी बैंकको प्रधान कार्यालयमा विरोध प्रदर्शन गरेका एसोसियसनका अधिकारीहरुले आफ्नो मागको सुनुवाइ नभए आगामी दिनमा बैंकर्स संघमा पनि धर्ना दिने एसोसियसनका सचिव दिनेशकुमार पाठकले बताएका छन्।

उक्त जग्गा प्रकरणमा बैंकको हात भएको भन्दै कायममुकायम सीईओ अनुजमणि तिमल्सिनालाई छानविन गरी कारबाहीको दायरामा ल्याउन पनि एसोसियसनको माग रहेको उनले बताए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments