Incident Reports

प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्नेलाई थाहा छैन किन बोलाइयो माइतीघर!

2021-11-21

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौँ– माइतीघरमा आइतबार ‘स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियान’को प्रदर्शन थियो। प्रदर्शनमा सहभागी भने पत्रकारको प्रश्नमा एउटै जवाफ दिन्थे, ‘त्यो त कालो कोट लगाउनेहरुलाई सोध्नुहोस्।’

प्रदर्शनमा ‘विद्रोही’ न्यायाधीशले गरेको बेञ्च बहिस्कार र बार एसोसिएसनको आन्दोलनविरुद्ध नारा लगाइएको थियो। उनीहरुले ‘दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर’, ‘बेन्च बहिष्कार अन्त्य गर’ ‘मेरो पेसी कैले आउँछ श्रीमान्??’ जस्ता नारा लेखिएका ब्यानर बोकेका थिए। उनीहरूले प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गरिरहेको प्रष्टै थियो।’ जस्ता नारा लेखिएका ब्यानर बोकेका थिए। उनीहरूले प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गरिरहेको प्रष्टै थियो।प्रदर्शनमा अधिकांश मजदुर र स्कुले विद्यार्थी थिए। वृद्ध र गर्भवतीलाई पनि ल्याइएको थियो। धेरैले नारासमेत लगाएका थिएनन्। हरेकका हातमा पर्चा भने थियो। अधिकांशलाई कति बेलासम्म त्यहाँ बसिरहने भन्ने समय बताइएको थियो।

त्यस्तै, सुस्मिता पाण्डे पनि स्कुल नगएर जुलुसमा आएकी छिन्। उनलाई ‘घुमाघाम गर्ने’ भनेर ल्याइएको रहेछ। तर, के को लागि आन्दोलन भइरहेको छ थाहा नभएको बताइन्। ‘घुम्ने भनेर यता ल्यायो, तर जुलुस रै’छ। यहाँ आएपछि मात्र थाहा पाएँ,’ उनले भनिन्।

गोविन्द राईलाई ‘एक जना’ दाइले ल्याएका थिए। ‘चिनेको दाइले जाम भन्यो, काम छोडेर आएँ,’ उनले भने। उनी मजदुरी गर्छन्। उनले पनि यहीँ आएपछि मात्र जुलुसमा सहभागी हुन ल्याएको थाहा पाए।

ओखलढुंगाका कुमार गर्तौला वैदेशिक रोजगारीको लागि भिसा लगाउन काठमाडौँ आएका हुन्। आफूलाई केही दिन ‘रोजगारी’ पाइन्छ भनेर ल्याएको बताए। आफूलाई के कार्यक्रम भइरहेको छ भन्ने पनि थाहा नभएको उनको भनाइ छ। धनकुटाका ओम खत्रीलाई पनि पेट्रोलियम पदार्थको भाउ घटाउने र न्यायको पक्षमा आन्दोलन गर्न केही दिन ‘रोजगारी’ दिने भनेर बोलाइएको रहेछ।

एक जना सहभागीले आफूलाई ल्याउने मान्छेको नाम थाहा नभएको तर, चिनेको बताए। उनले चिनाएको व्यक्तिले सबै सहभागी स्वइच्छाले आएको बताए। तर, आफ्नो नाम भन्न चाहेनन्। माइक समातेर बोलिरहेकी आयोजकमध्येका एक वकिललाई बालबालिका र गर्भवतीको सहभागताबारे सोध्दा आफू आयोजक नभएको भनेर पन्छिएकी थिइन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments