Incident Reports

जनकपुरका वडाध्यक्षहरु आन्दोलित, उपमहानगरको गेटमा लगाए ताला – Online Khabar

2021-11-22

Madhes, Dhanusha, Janakpur

६ मंसिर, जनकपुरधाम। जनकपुरधाम उप-महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरु आन्दोलनमा उत्रिएका छन्।पटक-पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइका लागि कुनै चासो नदेखाएको भन्‍दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उप महानगरपालिकाको मूल गेट तथा मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरी वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहसहितकाले तालाबन्दी गरी धर्ना दिएका हुन् ।उनका अनुसार १२ बजेसम्म नगरपालिकाको मूलगेटमा तालाबन्दी गरी धर्ना दिने र मेयरको कार्यकक्षमा ताला यथावत रहनेछ । यसपछि आन्दोलनको अर्को कार्यक्रम सोमबारै साँझ बसेर तय गरिने उनले बताए ।

वडाअध्यक्षहरुले यसअघि पनि फोहोर नउठाएको भन्दै मेयर लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments