Incident Reports

परीक्षामा गैर प्राज्ञिक कार्य भएको भन्दै इन्जिनियरिङ्गका विद्यार्थी आन्दोलित | Nagarik News - Nepal Republic Media

2021-11-22

Bagmati, Lalitpur, Lalitpur

  परीक्षामा गैर प्राज्ञिक कार्य भएको भन्दै इन्जियिरिङ्ग अध्ययन संस्थानका विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन्। संस्थानका सिभिल इन्जिनियरिङ्गतर्फको भदौ ३१ मा सम्पन्न भएको फ्ल्युड मेकानिक परीक्षामा विशेषतःपरीक्षा महाशाखाबाट प्रश्नपत्र निर्माणमा भइरहेको लापारवाही विरुद्ध आफूहरु आन्दोलनमा उत्रेको विद्यार्थीहरुले जनाएका छन्। सिभिलका दोस्रो वर्षका विद्यार्थी शुलभ चापागाइले आइतबार आफूहरु कक्षा प्रतिनिधित्व तथा विद्यार्थीहरुको साथमा संस्थानका डिन शशीधरराम जोशीलाई भेटेर ज्ञापनपत्र बुझाएको जनाए।

डिन कार्यालय अगाडि विद्यार्थीहरु शान्तिपूर्णरुपमा एक घन्टा धर्ना समेत दिएका थिए। ‘हाम्रो इन्जियिनरिङ्ग तर्फ परीक्षामा धेरै समस्या छ। हामी विद्यार्थीहरु गैर प्राज्ञिक कार्यकोविरुद्ध सार्वजनिकरुपमै पटकपटक आन्दोलन र अनसन बस्यौं,’ विद्यार्थी शुलभले नागरिकसँग भने ‘कहिल्यै सुधार भएन। कोर्ष बाहिरबाट प्रश्न सोधिने, विदेशी लेखकले लेखेको प्रश्न हुबहु हामीलाई सोधिने, सरहरुबीचको रिस रागले हामी विद्यार्थीले दुःख पाउनु पर्ने अवस्था छ।’ उनले थपे ‘आइतबार हामी विद्यार्थीहरु सबै डिन सरलाई भेटेर प्रश्नपत्रमा त्रुटि भएका विषयबस्तु बुँदा गत रुपमा ज्ञापनपत्रमा लेखेर बुझाएका छौं।पुन परीक्षाको माग गरेका छौं। माग पुरा नभए हदै सम्मको आन्दोलनमा जान बाध्य बन्छौं।’

अर्का विद्यार्थी बबीन बस्नेतले आइतबार विद्यार्थीहरु अध्ययन संस्थानमा भइरहेको परीक्षाको लापारवाहीको विरुद्धमा स्वतस्फुर्त रुपमा आन्दोलनमा उत्रेको बताए। ‘अप्ठ्यारो प्रश्न दिएर धेरै विद्यार्थी फेल गराउने सबभन्दा ठूलो शिक्षक हुने होडबाजी हाम्रो अध्ययन संस्थानमा छ,’ बस्नेतले दुखेसो गरे ‘हामी विद्यार्थीहरु शिक्षकहरुको अहंमको सिकार बन्दै आएका छौं। ’ उनी थप्छन् ‘यस्ता विकृति अन्त गर्नकोलागि पनि यस पटक हामी विद्यार्थीहरु निर्णायक आन्दोलनमा उत्रेका हौं।’

संस्थानका प्राडा दुर्गा प्रसाद संग्रौलाले दिए पदबाट राजिनामा

पुल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्थानमा परीक्षामा गैर प्राज्ञिक कार्य भएको भन्दै एक प्राध्यापकले नैतिक जिम्मेवारी लिँदै राजिनामा दिएका छन्। संस्थानका सिभिल इन्जिनियरिङ्ग विभागका प्राडा दुर्गा प्रसाद संग्रौलाले लामो समयदेखि परीक्षा महाशाखाबाट प्रश्नपत्र निर्माणमा भइरहेको लापारवाही विरुद्ध आफूले सार्वजनिकरुपमै पटकपटक लिखित र मौखि रुपमै अध्ययन संस्थानका जिम्मेवार निकायलाई सचेत गराउँदा पनि सुनुवाइ नभएपछि राजीनामा दिएको बताएका छन्।

मंसिर १ गतेदेखि लागु हुने गरी दिएको राजिनामामा उनले प्रश्नपत्रको लापारवाहीले विद्यार्थीमा पर्न गएको मानसिक पिडा र शिक्षकहरुको आत्मसम्मानमा पारिएको चोट प्रति नैतिक जिम्मेवारी लिदै राजिनामा दिएको उल्लेख छ। संस्थानमा प्रश्नपत्र निर्माण गर्दा वरिष्ठ , विज्ञ र अवकास प्राप्त शिक्षकहरुमा हुने गरेको विज्ञताको घमण्डका कारण विद्यार्थीहरुमा पर्न गएको मानसिक पिडा र शिक्षकहरुको आत्मसम्मानमा पारिएको चोट आफुले सहन नसकी राजिनामा दिएको उनले जनाए।

‘अध्ययन संस्थानमा लामो समयदेखि अवकास प्राप्त, विषयनै नपढाएको र सेलेवलसँग समेत अपडेट नभएको विज्ञ भनिनेहरुसँग एकलौटि रुपमा प्रश्नपत्र निर्माण गराउने कार्य हुदै आएको छ,’प्राडा संग्रौलाले राजिनामा दिएपछि नागरिकसँग कुरा गर्दै भने ‘जसले गर्दा प्रश्नपत्रमा धेरै त्रुटि हुने, विद्यार्थीले नपढेको विषयबारे प्रश्नमा सोधिने, दिनु पर्ने तथ्याँक नदिनुले विद्यार्थीले प्रश्नहरु हल गर्नै सक्दैनन।’ उनले दु:खसाथ थपे ‘हाम्रा संस्थानका अवकास प्राप्त र विषयसँग साक्षातकार नभएका विज्ञहरुमा जटिल प्रश्न दिएर धेरै विद्यार्थी फेल गराएमा आफु ठूलो हुने भ्रम रहेछ। त्यही कारण हाल इन्जिनियरिङ्गतर्फ ७० प्रतिशत विद्यार्थी वर्षेनी फेल हुने परम्परा बसेको छ। जुन गलत हो।’

उनका अनुसार बढी विद्यार्थी फेल हुनु शैक्षिक गुणस्तर कायम भएको सोच्नु भ्रममात्र हो। ‘विद्यार्थी समुदायमा नियतवस थोपारिएको बोझ एवं मानसिक पीडा र शिक्षक साथीहरुको आत्मसम्मानमा पारिएको चोट प्रति नैतिक जिम्मेवारी बहन गर्दै मैले मंसिर १ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिए,’ पुल्चोक क्याम्पसका पूर्व प्रमुख समेत रहेको संग्रौला भन्छन् ‘भदौं ३१ गते सम्पन्न भएको सिभिल दोस्रो वर्ष प्रथम खण्डको फ्युल्ड मेकानिकल विषयको प्रश्नपत्रमा समावेश गरिएका प्रश्नहरु अध्ययन गर्दा परिक्षा कस्तो हुनु पर्ने, पाठ्यक्रमका कुन विषयमा परीक्षाको मूल्याँकन गर्नु पर्ने, प्रश्नपत्रको स्वरुप र स्तरीयता कस्तो हुन पर्नेलगाएतका विषयवस्तुलाई प्रश्नपत्र परिमार्जन कर्ताले सम्पूर्ण रुपमा लत्याई कथित बौद्धिकताको प्रदर्शन गरेको देखियो।’ उनले भने, ‘संस्थामा बसेर गैर प्राज्ञिक कार्यको साथ दिन मेरो नैतिकताले मानेन।’

असंस्थानका डिन शशीधरराम जोशीले विद्यार्थीले बुझाएको माग प्रति डिन कार्यालय गम्भिर बनेको जनाए। ‘विद्यार्थीहरुले प्रश्नपत्रमा त्रुटि भएको भन्दै चार बुँदे समस्याहरु राख्नु भएको छ,’ डिन जोशीले नागरिकसँग भने ‘मैले विषय विज्ञहरुसँग छलफल गरेर एक साताभित्र निष्कर्ष दिने छु।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments