Incident Reports

सप्तगण्डकी क्याम्पसमा अखिल क्रान्तिकारीद्धारा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी - No. 1 news Portal of Mid Nepal…

2021-11-22

Bagmati, Chitawan, Bharatpur

भरतपुर : चितवन भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा अनेरास्ववियु (क्रान्तिकारी) प्रचण्ड निकट विध्यार्थी सङ्गठनले अनिश्चितकालीन तालाबन्दी गरेका छन् । कात्तिक १५ गते प्रचण्ड निकटका विध्यार्थी सङ्गठनले १६ बुदे माग राख्दै क्याम्पस प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएको र सोही दिन क्याम्पस प्रशासनले वार्तामा बोलाउदा पठनपाठनको कोर्स सकिएता पनि लकडाउनको समयमा पढाएको अनलाइन क्लासलाई तिहार लगत्तै भर्चुअल क्लास मार्फत पुनः रिभिजन गरिने कात्तिक मसान्तसम्म विद्यार्थिको लागि लाइब्रेरीमा किताबको व्यवस्थापन गरिने र छात्राहरुको लागि निशुल्क स्यानिटाइजर प्याडको व्यवस्थाहुने लगाएतका कुरा सहमतिमा आएको थियो । तर क्याम्पस प्रशासनले दिएको समयमा कुनैपनी कार्यन्वयन हुदा मसिर ६ गते पुनः दोस्रो वार्ता बस्दा क्याम्पस प्रशासनले वेवास्ता गरि अघि बढ्न खोजेकाले क्याम्पस प्रमुखको कार्यकक्षमा सामान्य तोडफोड गरि क्याम्पस प्रमुखको कुर्सी बाहिर निकाली क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेको सोही विध्यार्थी सङ्गठनका विध्यार्थी नेताहरुले जानकारी दिएका छन

लकडाउनको समयमा क्याम्पसमा अध्यनरत ७० प्रतिशत विध्यार्थी हरुले आनलाइन क्लास पढ्ननपाएको तर शिक्षकहरुले विध्यार्थीलाई क्याम्पसमा नभइ आफ्नो प्राइभेट इन्सिच्युट फि तिरी पढ्न बोलाएकोप्रति आपत्ति भएको र विध्यार्थीको गुनासो क्याम्पस प्रमुख माझ राख्दा पनि कुनै वास्ता नगरेको , तिहार लगत्तै क्याम्पसमा रहेको रेडियो ल्याब सन्चालन गर्ने पहिलो वार्तामा सर्त रहदा पनि कुनै मतलब नगरेको छात्राहरुका लागि निशुल्क स्यानिटाइजर प्याडको उचित व्यवस्थापन नभएको, विगत कैयौं वर्षदेखि लाइब्रेरीमा विध्यार्थिका लागि चाहिने पुस्तक नभएको तर क्याम्पस प्रमुखले पुस्तक आइसकेको भनी झुठो वक्तव्य दिदा यस्तो अवस्था सिर्जना हुन गएको अनेरास्ववियु क्रान्तिकारी सप्तगण्डकी क्याम्पस मुल इकाई कमिटी सयोजक प्रकाश देवकोटाले बताएका छन । साथसाथै अब सङ्गठनले उठाएका सम्पुर्ण माग पूरा नभएसम्म क्याम्पस प्रमुखको कुर्सी बाहिर नै रहने र अनिश्चितकालिन तालाबन्दी रहिरहने समेत उनले बताए

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments