Incident Reports

हत्यारालाई कारवाहीको माग गर्दै खलंगामा प्रदर्शन

2021-11-23

Karnali, Jajarkot, Bheri

जाजरकोट । हत्यारालाई कारवाहीको माग गर्दै जाजरकोटमा विरोध प्रदर्शन गरिएको छ । भेरी नगरपालिका-३ स्यालाका १८ वर्षीय प्रकाशजंग शाहको कुटपिटपछि हत्या गरिएको भन्दै दोषीलाई कारवाहीको माग गरी स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।

हत्यारालाई कारवाही गर र समाजमा शान्ति सुरक्षा कायम गर भन्दै मंगलबार खलंगा बजार बन्द गरि बजार परिक्रमा गदै जिल्ला प्रशासन कार्यालयमा समेत पुगेर प्रर्दशनकारीले विरोध प्रदर्शन गरेका हुन ।

गहिरो र निष्पक्ष अनुसन्धान हुनपर्ने, हत्यारालाई कानुन बमोजिम सजाय हुनुपर्ने, नागरिकको जीवन रक्षा निश्चित हुनुपर्ने लगायतका माग राख्दै मृतकका आफन्त र स्थानीयले विरोध गरेका हुन् । यसअघि विभिन्न मितिमा यहाँका तीन जनाको हत्या हुँदा पनि दोषी पत्ता लाग्न सकेका छैनन् । यो घटना संलग्न पनि उम्किन नपाउन भनेर खवरदारी गरिएको स्थानीय रती नेपालीले बताइन् ।

पश्चिम रुकुम सानीभेरी गाउँपालिका-१ बाम्नीखेतमा लाग्ने मेला हेर्न गएका शाहको गत ३ मंसिरमा हत्या भएको थियो । 

प्रहरीले घटनामा संलग्न संलग्न भएको आरोपमा मेलामा विवाद गर्ने मध्यका भेरी नगरपालिका– १ कोलचौरका सर्जन खत्री, शिवराज परियार र सन्तोष परियारलाई पक्राउ गरेको छ । त्यस्तै भेरी नगरपालिका –१ कालेगाँउका दिनेश केसी र कुशे २ घर भई भेरी १ रावतगाँउ बस्ने केशबहादुर बुढालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु सवैलाई अदालतबाट म्याद थपाएर घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए । घटनाको प्रकृति, शवको पोस्टमार्ट रिपोर्ट र कलडिटेलका आधारमा अनुसन्धान अघि बढाइने डीएसपी थापाको भनाइ छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments